ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी नेतृत्वमा सुशासन युगको सुरुवात भयो: पुर्वमन्त्री भण्डारी

  सल्यान खबर डेस्क २०८० आश्विन १५ गते सोमबार १८:२१:४३ मा प्रकाशित

असोज १५, सल्यान । 

 नेकपा माओवादीका केन्द्रीय सदस्य नरेश भण्डारीले  सुशासन युगको सुरुवात भएको भन्दै त्यसको नेतृत्व माओवादीले गरिरहेको बताएका छन् । 

जनयुद्ध जस्तै सुशासनको नेतृत्व गर्नका लागि पनि माओवादी अध्यक्ष प्रचण्ड अघि बढेको र हरेक जनतालाई साथमा लिन अभियान थालेको बताए । संविधानसभा सदस्य तथा कर्णालीका पुर्वमन्त्री भण्डारीले सल्यानको कुमाखमा भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । 

उनले  पार्टी भित्र कोही नवधनाढ्य छन् भने तिनको पनि छानबिन हुनुपर्ने भन्दै गर या मर को अवस्थामा अभियान चलेकोले हरेक जनताको घरघरमा पुगेर सुशासनको पक्षमा माहौल तयार गर्नुपर्ने बताए । 

यदि पुरानो नेता बदलिएनन् भने त्यो ठाउँ नयाँले लिनुपर्ने भन्दै उनले त्यसको लागि पनि अभियानले पनि सहयोग गर्ने बताए । 

सुरक्षित तरिकाले देश चलाउनुपर्न बता भिरबाट खसाल्ने खालको ड्राइभर छ भने परिवर्तन गर्नुपर्छ ।

माओवादी योद्धाहरू जीवन च्यातेर देशलाई ओढाई रहेका बेला नागरिकता त्यागेकाहरू अहिले स्वतन्त्रको ढ्वाङ फुकेको भन्दै उनले हरेक नागरिकलाई सजग बनाउनुपर्ने बताए । 

उनले भने: देशको निम्ति लड्ने माओवादी हो, माओवादीलाई नयाँ कान्तिकारी बनाउनु छ र माओवादीले जनताको लागि ठुलो त्याग गरेको छ आगामी निर्वाचनमा पहिलो पार्टी बन्छ ।

जनयुद्धको उत्सव राष्ट्रिय रूपमा मनाई रहेको बेला जनयुद्ध र माओवादीलाई सहयोग गर्ने काग्रेश, एमालेको घरमा गएर कुनै पनि आग्रह, पूर्वाग्रह नराखी भेटघाट गर्दै  धन्यवाद दिने र सरकारका राम्रो कामको प्रचार गर्ने धारणा राखे । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कृति बहादुर पुनले अब माओवादीले समाजवादी राज्यव्यवस्थाका लागि लड्नुपर्ने बताए । उनले कार्यकर्तालाई तयार रहन भन्दै यो अभियान त्यसको पनि तयारीमा भएको धारणा राखे । 

कार्यक्रममा पालिका अध्यक्ष डिल्लीराज जैशीले गाउँपालिकाको तर्फबाट तथा वडा नं १ बाट डिल्ली राना, वडा नं  २ बाट पहलमान रेग्मी साहसी, वडा नै  ३ बाट डन्डवीर राना, वडा नं ४ बाट फणीन्द्र आचार्य, वडा नं  ५ बाट अमृत कुमाईं, वडा नं ६  बाट शम्भु प्रसाद शर्मा र वडा नं ७ मोहन डिसीले रिपोर्ट गरेका थिए । 

कुमाखका सहिद परिवारलाई सम्मान गरिएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लक्ष्मी पुन, दिलमाया बुढा तथा प्रदेश कमिटी सदस्यहरूको सहभागिता रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

Top