ट्रेण्डिङ

होमपेज / राजनीति

भ्रष्टाचार रहित सुशासन पहिलो प्राथमिकताः नेता भण्डारी

  सल्यान खबर डेस्क २०८० आश्विन १३ गते शनिबार १७:१६:०३ मा प्रकाशित

असोज १३,सल्यान 
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले वर्तमान प्रचण्ड सरकारको पहिलो प्राथमिकता नै भ्रष्टाचार रहित सुशासन स्थापित गर्नु रहेको बताउनु भएको छ । 

भ्रष्टाचारको प्रभावकारी नियन्त्रण नगरी सुशासन कायम हुन नसक्ने र सुशासन कायम नभई समृद्ध देश बन्न नसक्ने भएकाले प्रचण्ड नेतृत्वको पहिलो प्राथमिकता सदियौं वर्षदेखि भ्रष्टाचारले झगडिएको कुशासनलाई सुशासनमा परिणत गर्नु भएको बताउनु भयो । 

शनिबार सल्यान श्रीनगरमा आयोजित नेपाल राष्ट्रिय कर्मचारी महासंघ, निजामती र स्वास्थ्यकर्मीको संयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता भण्डारीले २००७ साल पछिको वर्तमान सरकारनै सुशासनको लडाईमा दौडिएको बताउनु भयो । उहाँले भन्नु भयो विगतका सरकारहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नमै व्यस्त हुँदा वर्तमान प्रचण्ड सरकारले त्यसका विरुद्ध जेहाड छेडेको छ । 
विगतमा सामान्य टोले गुण्डालाई नियन्त्रणमा लिदा सुरक्षा निकायले सय पटक सोच्नु पर्ने अवस्था थियो भने अहिले देशको महत्वपूर्ण पदमा पुगेका व्यक्तिहरु पनि जेलभित्र बस्न बाध्य भएको उहाँको भनाई छ । 

केन्द्रमा प्रचण्डले सुशासनको नेतृत्व लिएजस्तै  आ आफ्नो क्षेत्रमा सुशासनको पहलकदमी र नेतृत्व लिन कर्मचारी तथा स्वास्थ्यकर्मीर्ला आग्रह गर्नु भयो । सुशासन भनेको के हो त्यो तपाईहरुलाई राम्रोसँग थाहा छ त्यसलाइ अक्षरस पालना गर्दै त्यसको नेतृत्व पनि तपाईहरुले नै गर्नुहोस उहाँले भन्नु भयो । 

अर्को एक प्रसंगमा नेता भण्डारीले पछिल्लो समय देशलाई साम्प्रदायिक द्धन्द्धतिर धकेल्न एकथरी पश्चगामी तत्व सलबसाई रहेको बताउनु भयो । नेपाली समाजलाई विभाजन तिर धकेलेर गणतन्त्र संघीयतालाई असफल बनाउन प्रतिगामी शक्तिहरु लागि परेकाले त्यसका विरुद्ध पनि आवाज उठाउनु पर्ने समय आएको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top