ट्रेण्डिङ

होमपेज / राजनीति

अखिल (क्रान्तिकारी) सल्यानको बिस्तारित बैठक सम्पन्न

  सल्यान खबर डेस्क २०८० आश्विन ६ गते शनिबार १७:५४:५० मा प्रकाशित

असोज ६,सल्यान 
अखिल क्रान्तिकारी जिल्ला समन्वय समिति सल्यानको विस्तारित बैठक शनिबार शितलपाटीमा सम्पन्न भएको छ ।  शनिबार बसेको बैठकले शैक्षिक क्षेत्रमा भएको विकृति, विसंगति विरुद्ध शैक्षिक संघर्ष चलाउने, अतिरिक्त क्रियाकलाप संचालन गर्ने र पार्टीले सञ्चालन गरेको तीन महिने माओवादी विशेष रुपान्तरण अभियानलाई सहयोग गर्ने निर्णय गरेको छ । 

बैठ्कमा बोल्दै नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक कृति बहादुर पुनले समाजको सबैभन्दा रुपान्तरण शक्ति विद्यार्थीमा हुने भएकाले सामाजिक, आर्थिक, राजनीतिक रुपान्तरणमा अग्रसर हुनु पर्ने बताउनु भयो ।

नेपालका राजनीतिक परिवर्तनका आन्दोलनमा विद्यार्थीहरुको अहम् भूमिका रहेको बताउँदै उहाँले अब राजनीतिक परिवर्तनसँगै आर्थिक तथा सामाजिक परिवर्तनको पनि नेतृत्व गर्नु पर्ने बताउनु भयो । माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले देशलाई शुसाशन तर्फ अघि बढाएको र उहाँलाई युवा विद्यार्थीको साथ चाहिएको दावी गर्नु भयो । वषौेदेखिको बेथिति, भ्रष्टाचार, अनियमितता, फोहोर पखाल्न प्रचण्ड लागि परेकाले त्यसको सकारात्मक सहयोग आवश्यक रहेको बताउनु भयो । 

यस्तै माओवादीका केन्द्रीय सल्लाहाकार सदस्य खडानन्द लामिछानेले  १०र१५ बर्ष लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र दुखी,गरिव,निमुखा जनताको लागि लक्षित भएको बताउनु भयो ।जनताको लागि भनेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सस्ंथागत गरी भ्रष्टाचार,दलालहरुका विरुद्ध आवाज उठाउनु पर्ने बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top