ट्रेण्डिङ

होमपेज / राजनीति

राप्ती लोकमार्ग सुधार हुन्छःमन्त्री ज्वाला

  सल्यान खबर डेस्क २०८० भाद्र २७ गते बुधबार १७:५७:११ मा प्रकाशित

सन्तोष घर्ती, भदौ २७,सल्यान । 
 
भौतिक पूर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राप्ती लोक मार्गलाई पुर्ण मापदण्ड अनुसार सुधार गरिने बताउनु भएको छ । राप्ती लोकमार्गमा पछिल्लो समय अत्यधिक दुर्घटनाका कारण नागरिकहरुले ज्यान गुमाएको भन्दै लोक मार्गको सुधारमा आफ्नो बिशेष ध्यान केन्द्रित भएको बताउनु भयो ।
 
मन्त्री ज्वालाले यसै चालु आर्थिक बर्षमा कार्य सम्पन्न गर्ने गरी ९० करोड बजेट बिनियोजन भई ठेक्का प्रक्रियामा रहेकाले लोक मार्गमा नागरिकहरुलाई सुरक्षित यात्रा गर्ने वातावरण बनाउनु आफ्नो प्रमुख दायित्व बताउनु भयो । उँहाले राप्ती लोकमार्गको पूर्ण सुधारको काम सम्पन्न गर्न अनुमानित ३ अर्ब ६० करोडको बजेट लाग्ने देखिएकाले बजेटको ब्यबस्थाका लागि आबश्यक प्रक्रिया अघि बढाएको बताउनु भयो ।
 
बुधबार कपुरकोट गाउँपालिका भित्रका क्रियाशिल राजनितिक दलहरुको संयुक्त ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ज्वालाले कपुरकोट बजार क्षेत्रको लोक मार्ग दिनानुदिन भासिदै गएकाले यसको बैकल्पिक ब्यबस्थाका लागि बिज्ञहरुसंँग छलफल भइरहेको बताउनु भयो । उँहाले कपुरकोट,कोइला औधोगिक सडकका कारण नागरिकहरुमा देखिएको समस्याको दीर्घकालिन समाधानका लागि उधोग मन्त्रालयसंग छलफल समेत चलाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top