होमपेज / राजनीति
भदौ २३,सल्यान
कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले पछिल्लो समय गणतन्त्र र संघीयतालाई असफल बनाउने गतिविधि भइरहेको बताउनु भएको छ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त संघीयतालाई सफल बनाउन चौतर्फी रुपमा हमला भइरहेको उहाँको भनाई छ ।
शुक्रवार सल्यानको कुमाख गाउँपालिकाको गाउँ सभा तथा १४ औँ अधिवेशनको उद्घाटन गर्दै मन्त्री शर्माले लोकतन्त्र र संविधानको आधारभूत मूल्य र मर्म माथि नै साङ्घातिक आक्रमणको प्रयास भइरहेको उहाँको दाबी, छ । संघीयताको संस्थागत विकास हुन समय लाग्ने बनाउँदै संवैधानिक प्रावधानप्रति तीन तहका सरकारले विश्वसनीय प्रतिबद्धता देखाउनु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो देशका विभिन्न स्थानमा भइरहेका गतिविधिलाई अध्ययन गर्दा लोकतन्त्र संघीयतालाई असफल र अलोकप्रिय बनाउने खतरा बढेको छ ।
अर्को प्रसङ्गमा बोल्दै मन्त्री शर्माले कर्णाली प्रदेश सरकारले कुमाख गाउँपालिमा एउटै पनि योजना पारेन भन्ने भ्रममा नपर्न आग्रह समेत गर्नु भयो । कुमाख गाउँपालिकाको माग र आवश्यकतालाई मध्यनजर गरी विभिन्न मन्त्रालयबाट बजेट विनियोजन भएको बताउँदै कर्णाली प्रदेश सरकारले कुमाख गाउँपालिकालाई उपेक्षित गर्नुको कुनै कारण नभएको बताउनु भयो । कुमाखका ७ वटै वडालाई सम्बोधन हुने गरी योजना परेको उहाँको दाबी छ ।





.jpg)