होमपेज / राजनीति
भदौ १६,सल्यान
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको तीन महिने अभियानको उद्घाटन देशभर एक साथ गरिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिवार भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भएको हो । देशभरको अभियानको उद्घाटनमा हजारौँ माओवादी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
सल्यानका ८३ वटै वडामा श्रम शिविर गरेर कार्यक्रमको उद्घाटन गरिएको छ । पहिलो चरणको कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम तय गरेको माओवादीले यस अभियानबाट आठ हजार पार्टी सदस्यहरू परिचालन गर्दै प्रत्येक जनतासम्म पुग्ने उद्देश्य लिएको छ । जिल्लामा रहेका १० पालिकाका ८३ वटै वडामा श्रम शिविर तथा पार्टी कार्यालय स्थापना गरेर जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गरिएको माओवादी केन्द्र सल्यानका इन्चार्ज नरेश भण्डारीले जानकारी दिनु भयो । पार्टी भित्रका सबै समस्याको समाधान र सम्भावनाको व्यापक खोजी भइरहेको र अभियानको अन्तसम्म पार्टी बलियो भएर आउने उहाँको भनाई छ ।

पार्टी नेताहरूको आनीबानी बिग्रेको मात्र नभएर हामी सबैमा समस्या रहेकाले जनताको बिचमा गएर सच्चिने र जनतासँग माफी माग्दै अभियानमा लाग्नुको विकल्प नरहेको उहाँको भनाई छ । पार्टीले स्थापित गरेको एजेन्डामा देश चली रहेको भएता पनि जनतालाई सही तरिकाले बुझाउन नसक्दा गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता समावेशी समानुपातिक लगायतका उपलब्धिका विरुद्ध प्रश्नहरू खडा हुँदै आइरहेको इन्चार्ज भण्डारीको दाबी छ ।










.jpg)