ट्रेण्डिङ

होमपेज / राजनीति

पालिकाका बैठक तथा प्रशिक्षण कार्यक्रम तीव्रता दिँदै माओवादी सल्यान

  सल्यान खबर डेस्क २०८० भाद्र १० गते आइतबार १९:०९:०९ मा प्रकाशित

भदौ १०,सल्यान 

घरघरमा माओवादी जनजनमा माओवादीको नारा सहित नेकपा माओवादी केन्द्रले चालेको तीन महिने  अभियान अन्तर्गत सल्यानमा पालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ ।

भाद्र १६ गते देखि हुने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको  पूर्व सन्ध्यामा सल्यानका सबै पालिकाका बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने लक्ष्यका साथ विभिन्न पालिकाहरूका बैठक र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको हो । आइतबार जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कुमाख  गाउँपालिकामा बैठक तथा प्रशिक्षण कार्यक्रम  सम्पन्न गरेको छ । 

बनगाड कुपिण्डे नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज नरेश भण्डारीले सुशासनको युद्ध अभियानको रुपमा सल्यानको उत्कृष्ट पालिकाको रुपमा उभिन नगरपालिकालाई आग्रह गर्नु भयो । १६ गते सुशासनको युद्धको रूपमा अगाडि बढाउने र जनयुद्धको दोस्रो लडाइँका रुपमा यसलाई लिइएको उहाँको भनाई छ । जनयुद्ध जन आन्दोलन बलमा व्यवस्था बदल्ने गरिएको थियो भने अब अवस्था बदल्न लाग्नु पर्ने बताउनु भएको छ । अवस्था र व्यवस्थाका कारण बिचको द्धन्द्धलाई आमूल परिवर्तन गराउने समेत बताउनु भएको छ । 

७० वर्षको उमेरमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले फेरि नयाँ कामको थाल्नी गर्नु भएको त त्यो जोखिम लिनु भएको र त्यसलाई सबैले साथ दिनु पर्ने बताउनु भएको छ । अहिले भ्रष्टाचार विरुद्धको गाडी हाँकी रहनु भएको र त्यसको ड्राइभर सिटमा बस्नु भएको र दलालहरूले बम बारुद, ढुङ्गा हानी रहेको समेत बताउनु भएको छ ।

यस्तै कुमाख आयोजित कार्यक्रम बोल्दै केन्द्रीय सदस्य लक्ष्मी पुनले  उहाँले देशमा थुपारिएको भ्रष्टाचारको जालो च्यात्न अहिले प्रचण्ड नेतृत्वको सरकार लागेको बताउनु भयो । उनले भन्नु भयो माओवादीबाट जुनसुकै काण्डमा नेताहरू मुछिए जेल जान तयार हुनुपर्छ ।ू

यसअघिको एमाले नेतृत्वको सरकारले व्यापारका नाममा अवैधानिक तरिकाले तस्करीका काम गरिरहेको आरोप लगाउनु भयो ।

सुशासन र समृद्धिको योजनामा माओवादी रहेकाले सुन काण्ड, गिरिबन्धु, ललिता निवास लगायतका घटनालाई सत्य तथ्य छानबिन गरिने उहाँको धारणा छ ।

सरकारले राम्रो गरेका कारण टुक्रिएका विप्लपपनि माओवादी एक हुनुपर्छ भन्ने बाटोमा आएको उहाँको धारणा थियो ।

कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू अनन्त प्रसाद शर्मा, हरि प्रकाश बुढाथोकी, चन्द्र बहादुर राना, मोमत रोका, हर्क बहादुर बुढाथोकी लगायतले सम्बोधन गर्नु भएको थियो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top