होमपेज / राजनीति
साउन २८,सल्यान
संसदमा प्रस्तुत नहुँदै चर्चामा आएको शिक्षा ऐनको विरोधमा सल्यानका शिक्षकहरू पनि आन्दोलनमा उत्रिएका छन् । सबै शिक्षक सङ्घ सङ्गठनको साझा संस्था नेपाल शिक्षक महासङ्घको आयोजनामा जिल्लाका नौ वटा पालिकामा पालिका स्तरीय धर्नामा उत्रिएका हुन ।
सङ्घीय संसदमा टेबुल हुने तयारीमा रहेको सङ्घीय शिक्षा ऐन विरुद्ध उनीहरूले बिहान ११ बजेदेखि २ बजेसम्म पालिकाको कार्यालय अघि धर्ना दिएका हुन ।
शिक्षकका विशेष मुद्दालाई सम्बोधन नै नगरी सङ्घीय ऐन ल्याउन लागिएको उनीहरूको भनाई छ । सरकारसँग सम्झौता भएको ३० र ५१ नम्बरको बुँदा तुरुन्त कार्यान्वयन गर्नुपर्ने, राहत, उच्च मावि शिक्षक, बाल विकास, विद्यालय कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्नु पर्ने, नयाँ शिक्षा ऐनमा ल्याउन लागिएको शिक्षकका सेवा सुविधाका विषयमा निजामती सो सरह व्यवस्था गर्नु पर्ने लगायतका माग शिक्षकहरूले राखेका छन् ।
जिल्लाको दार्मा गाउँपालिका बाहेक अन्य सबै पालिकामा धर्ना कार्यक्रम सम्पन्न भएको नेपाल शिक्षक महासङ्घ सल्यानका अध्यक्ष मधुसूदन गिरीले जानकारी दिनु भयो । पूर्व निर्धारित कार्यक्रम अन्तर्गत ३० जिल्ला जिल्ला शिक्षा तथा समन्वय इकाई कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको उहाँको भनाई छ । सरकारले ल्याउन लागेको शिक्षा ऐनमा शिक्षकका सेवा सुविधा,सार्वजनिक विद्यालयको स्तरोन्नतिलगायत सरकारसँग पटक पटक भएका सम्झौता नसमेटिएको भन्दै महासङ्घ आन्दोलनमा उत्रिएको हो ।
‘शिक्षक सङ्घ,सङ्गठनसँग पटक पटकका सरकारले गरेका सम्झौताका बुँदाहरू शिक्षा ऐनको ड्राफ्टमा समावेश नभएर प्रतिनिधिसभामा लैजाने खोजेपछि आन्दोलनमा उत्रिएका हौँ अध्यक्ष गिरीले भन्नु भयो, ‘शिक्षकको सेवा सुविधा मात्रै नभई विद्यालयको स्तरोन्नति गर्ने मुद्दा समेत समावेश छैनन् ।’





.jpg)