ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको त्रिवेणी गाउँपालिकामा भूमिहीन दलित र सुकुम्वासीका लागि जग्गा नाप नक्सा कार्यको थालनी

  सल्यान खबर डेस्क २०८० श्रावण २१ गते आइतबार १९:०६:१२ मा प्रकाशित

साउन २१,सल्यान 

सल्यानमा पहिलो पटक भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको लालपुर्जा वितरणका लागि जग्गा नाप नक्सा कार्य सुरु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ३ को तल्लो कारेबासमा नाप नक्साको कार्य सुरु भएको हो । 

गाउँपालिका भित्र भूमिहीन दलित १७, सुकुम्वासी १२ र अव्यवस्थित बसोबासहरु १ हजार ६८ जना गरी १ हजार ९७ जना रहेको राष्ट्रिय भूमि आयोग त्रिवेणी गाउँपालिका सेवा केन्द्र प्रमुख सरोज बोहराले जानकारी दिनु भयो । 

भूमिहीनहरूलाई छिट्टै लालपुर्जा वितरण गरेर जग्गाको मालिक बनाउने गाउँपालिका अध्यक्ष खिम बहादुर रावतले बताउनु भयो । अव्यवस्थित बसोबास गरिरहेकालाई व्यवस्थित गर्नका लागि नाप नक्साको कार्यमा सहयोग गरी वास्तविक भूमिहीनहरूलाई जग्गा दिलाउन सहयोग गर्न अनुरोध समेत गर्नु भयो ।

 भूमि आयोग सल्यानका अध्यक्ष वीर बहादुर सेजवालले भूमिहीन दलित र सुकुम्वासीलाई प्राथमिकतामा राखेर आयोगले काम कारबाही अघि बढाई रहेको बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top