ट्रेण्डिङ

होमपेज / राजनीति

लम्पी स्किन रोग नियन्त्रणमा गम्भीरताका साथ लाग्न मन्त्री शर्माको निर्देशन

  सल्यान खबर डेस्क २०८० श्रावण ८ गते सोमबार १५:३६:२८ मा प्रकाशित

साउन ८ सुर्खेत

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले लम्पी स्किन रोग नियन्त्रणमा गम्भीरता पूर्वक लाग्न निर्देशन गर्नुभएको छ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशु पन्छी विकास निर्देशनालय वीरेन्द्रनगर सुर्खेतको आयोजनामा आयोजना गरिएको दुई दिने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा गोष्ठी तथा प्रदेश स्तरीय  ईपिडिमियोलोजी  रिपोर्टिङ कार्यक्रममा पहिलो चरणमा जुम्ला रुकुम सल्यान जिल्लामा रेफ्रिजेनेटर, माइक्रो स्कोप, काउ लिफ्ट, र मिल्की एनालाइजर मेसिन हस्तान्तरण गर्दे लम्पी स्किन रोगलाई गम्भीरतापूर्वक लिन  आग्रह गर्नु भयो ।साथै   कार्यालयमा उपलब्ध प्रविधिको सही सदुपयोग गर्न मन्त्री शर्माले निर्देशन पनि दिनु भयो ।

१० जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन गर्दै मन्त्री शर्माले अहिले हामीसँग भएको ल्वाबहरु सञ्चालनमा छन् त भन्ने प्रश्न गर्दै प्रविधि बन्द कोठामा राख्ने र माग पनि गर्नुले कार्यक्षमतामा प्रश्न चिन्ह खडा हुने भएकाले प्राप्त गरेका प्रविधिको सही सदुपयोग गर्न आग्रह गर्नु भयो।

गत वर्ष वर्ड फ्लुले सुर्खेतमा किसानहरूलाई ठुलो क्षति पुर्‍यायो राहतको लागि मन्त्रालयबाट सबै प्रक्रिया पुरा गरी राहत रकम हस्तान्तरण गर्दा सम्म पनि किसानले राहत नपाएको गुनासो छ।

रकम कति निकासा भयो कहाँ वितरण भयो जानकारी खबर केही छैन यसरी बेखवर हुँदा सरकार छैन भन्ने अनुभूति भएको  किसानले अनुभूति गरेकाले अबका दिनमा गल्ती नगर्न सचेत हुन सबै कार्यालय प्रमुखहरूलाई सुझाव सहित निर्देशन गर्नु भयो।

मन्त्रालयबाट ‘वास्तविक किसानका लागि पठाएको समेत बजेट पाउन सक्नु भएको छैन यसको जिम्मेवारी कसले लिने ?  कतै पठाएको बजेट किसानहरूले प्राप्त गर्न सक्नुभएन तर बजेट रकम फ्रिज हुन्छ, सरकार भएको अनुभूति हुने गरी काम गर्न र दिएको बजेट सबै किसानहरूलाई राहत  तथा प्रोत्साहन गर्ने तर्फ सबै अग्रसर हुन सके मात्रै किसान मैत्री बजेट र  सरकार भएको किसानहरूलाई अनुभूति  हुने बताउनु भयो

अहिले कर्णालीमा लम्पी  स्किन रोग महामारीको रुपमा फैलिएको छ। किसानले बाली लगाउने समयमा हल गोरु मरेका छन्  यस्ता विषयमा हामी कति गम्भीर छौ हामीले हाम्रो जनशक्ति कति परिचालन गर्‍यौ लम्पी स्किनमा अहिले सम्म भएको प्रगति कति हो यसबारे वास्तविक तथ्याङ्क कति हो भन्ने बारे हामी जबाफदेही भयौ या भएनौँ यसबारे सबैले लम्पी स्किन रोगको नियन्त्रणमा प्रयोग भएको जनशक्ति र आवश्यक जनशक्ति बारे तत्काल जानकारी दिन आग्रह गर्नु भयो।

कर्णाली प्रदेश सरकारको प्रगति वारे १५ पटक लम्पीको बारेमा प्रश्न पत्रकारहरूले सोध्ने गर्छन् यसको सही तथ्याङ्क बारे अहिले सम्म प्रस्ट छैन दैनिक तथ्याङ्क फेरबदल किन हुन्छ यसबारे गम्भीर भयौ की भएनौँ स्थानीय सरकार सँग समन्वय तथा सहकार्य र हामी सँग भएका जनशक्ति कति परिचालन गर्‍यौ यसबारे सबै शक्ति लम्पी स्की रोग नियन्त्रणमा लाग्न र नियन्त्रण गर्न हाम्रो जनशक्ति प्राप्त छ या छैन  यसबारे तत्काल जानकारी दिन निर्देशन गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top