ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णालीको समस्या बजारीकरण नै हो :मन्त्री शर्मा

  सल्यान खबर डेस्क २०८० असार १९ गते मंगलबार १८:०८:४९ मा प्रकाशित

असार १९,सल्यान 

कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले कर्णालीवासीले उत्पादन गरेको बस्तु बजारीकरण नहुनु नै प्रमुख समस्या रहेको बताउनु भएको छ । कर्णालीमा उत्पादनको समस्या भन्दा पनि उत्पादन भएको वस्तुलाई कहाँ र कसरी बजारीकरणको सुनिश्चितताको समस्या रहेको बताउनु भएको छ । 

मङ्गलवार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रले  सुर्खेतमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले किसानले उत्पादन गरेको कृषिजन्य वस्तुको सहकारीले लिने र सहकारीले लिएको वस्तुको बजारीकरणको सुनिश्चितता मन्त्रालयले लिने गरी आगामी योजना निर्माण गरेको बताउनु भयो । उहाँले भन्नु भयो किसानले उत्पादन गरेको सम्पूर्ण कृषिजन्य उत्पादन सहकारीले किनेर जिम्मा लिने र सहकारीले किनेको वस्तु मन्त्रालयले बजारीकरणको सुनिश्चितता गर्दै छौँ । सहकारीले किसानको कृषिजन्य वस्तु खरिद गरेबापत सहकारीले अनुदान पाउँछ । 

विगतका जस्तो व्यक्ति तथा फर्मका नाममा अनुदान नदिने बताउँदै मन्त्री शर्माले आउँदो आर्थिक वर्ष देखि अनुदान कार्यक्रम बन्द गरी उत्पादनको हिसाबले अनुदान दिइने बताउनु भयो । अनुदान खानका लागि मात्र फर्म खुल्न थालेपछि जुन किसानले उत्पादन गर्छ उत्पादनका हिसाबले उक्त किसानलाई अनुदान दिइन्छ उहाँले भन्नु भयो । 

आउँदो आर्थिक वर्षको साउन देखि सल्यानको कपुरकोट र सुर्खेतको हर्रेमा बाहिरबाट आएको तरकारीको ल्याब टेस्टको व्यवस्था गरिने समेत उहाँको भनाई छ ।, साथै कर्णाली प्रदेशबाट आयत र निर्यात हुने सम्पूर्ण सामाग्रीको समेत तथ्यांंक सङ्कलन गरिने मन्त्री शर्माको भनाई छ । कर्णाली प्रदेशको प्रवेशद्वार हर्रे र कपुरकोटमा प्रदेशबाट निर्यात र निर्यात हुने बस्तुको डाटा राखेर कर्णालीको वास्तविकता पत्ता लगाइने उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top