होमपेज / राजनीति
सुर्खेत, चैत २६ गते ।
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लले देश माओवादीको एजेन्डामा अघि बढिरहेको बताउनु भएको छ । माओवादी नेतृत्वमा प्राप्त राजनैतिक उपलब्धिलाई संस्थागत गर्नु पर्ने दायित्व सबैको भएको उहाँको भनाई छ । अहिले देश माओवादी आन्दोलनबाट प्राप्त उपलब्ध राजनैतिक एजेन्डा कार्यान्वयनमा छ उहाँले भन्नु भयो । ।
राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको प्रथम अधिवेशनलाई उद्घाटन गर्दे मल्ले राज्यका विभिन्न निकायमा रहेका कर्मचारीले राजनैतिक चेतना हुन जरुरी भएपनि जनतालाई छिटोछरितो , भरपर्दो र गुणस्तरीय सेवालाई पहिलो प्राथमिकता मा राखेर काम गर्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले देशमा सङ्घीयता आएको भएपनि वित्तीय र प्रशासनिक क्षेत्रमा सङ्घीयता आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो अहिले पनि कर्मचारी तथा बैङ्क र वित्तीय संस्थामा केन्द्रले केन्द्रीकृत मानसिकता लादिरहेको अवस्था छ ।
‘अहिलेसम्म राजनैतिक सङ्घीयता आएको छ । राजनैतिक सङ्घीयतालाई अब वित्तीय र प्रशासनिक रुपमा कार्यान्वयन गर्नु आवश्यक छ ।’ शर्माले भन्नु भयो, ‘कर्मचारीले आफ्नो सेवा सुविधा अनुसार र जिम्मेवारी अनुसार जनतालाई प्रवाह गर्ने सेवालाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी बनाउन लाग्नुपर्छ ।’
उहाँले सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि संघ संगठनलाई परिचालन गर्नुपर्ने आवश्यकता रहेको समेत जोड दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र कणाली प्रदेश अध्यक्ष विमला केसी, माओवादीका युवा नेता रामदिप आचार्य,सङ्गठनका केन्द्रीय अध्यक्ष लिलाराम थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
यसै बिच प्रथम अधिवेशनले तारा प्रसाद रिजालको अध्यक्षतामा ३३ जना प्रदेश काय समिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । जसको उपाध्यक्ष दुर्गा प्रसाद आचार्य, ऋषिराम केसी , जय बहादुर थापा, अमृत प्रसाद न्यौपाने रहनु भएको छ । यस्तै सचिव भरत बहादुर राना,सह सचिव, रामलाल देवकोटा ,कोषाध्यक्ष लक्ष्मी सिंह र सह कोषाध्यक्ष हरिनी नेपाली रहनु भएको छ ।
सदस्यमा रूतु सोनी , सुमन बस्नेत,थलराज डी।सी।, वीर बहादुर डाँगी , लक्ष्मण कुमार वली ,ठगेन्द्र घर्ती, शेर बहादुर बस्नेत, अभिभारा शाही , हेमन्त रावल,निलम सज्याल,कण प्रसाद बराल, पंखराज सज्याल,वीरेन्द्र शाहि , रेणुका चलाउने ,प्रयागराज जैसी,चन्द सुनार,तुलसी शाही,वेद प्रसाद सज्याल,सन्देश चन्द ,लक्ष्मी रावल ,जीवन पुन,हिरा पुन ,,निलम सज्याल सर्वसम्मत चयन हुनु भएको हो ।
“जनताको स्वास्थ्य सुरक्षा,हाम्रो प्रतिबद्धता,सम्पूर्ण प्रगतिशील स्वास्थ्यकर्मीको ऐक्यबद्धता “ नाराका साथ सम्पन्न कणाली प्रदेश प्रथम अधिवेशनले समसामयिक स्वास्थ्य क्षेत्रका प्रस्ताव पारित गरेको छ ।





.jpg)