ट्रेण्डिङ

होमपेज / राजनीति

प्रदेश सरकार भू उपयोगी नीति निर्माण गरी कार्यान्वयन गर्न तयार छःः मुख्यमन्त्री शर्मा

  सल्यान खबर डेस्क २०७९ फाल्गुण १७ गते बुधबार १६:४६:२९ मा प्रकाशित

फागुन १७ सल्यान 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले कर्णालीको भू विविधताको रक्षा गर्न भू उपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताउनु भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा युएन डिपीको नेपाल स्थित विज्ञ टोलीसहितको कर्णाली प्रदेशको जोखिम संवेदनशील भू उपयोग नीति तथा योजना सम्बन्धी प्रदेश स्तरीय कार्यशाला गोष्ठीमा मुख्यमन्त्री शर्माले कर्णाली प्रदेशको भू विविधताको रक्षा गर्न भू उपयोग नीति निर्माण गर्न प्रदेश सरकार तयार भएको बताउनु भएको हो । 

कर्णाली भू वनोटको आधारले प्रदेश सरकारले हिमाल पहाड र तराइको भूगोल र माटोको विविधताको रक्षा र गर्न भू उपयोग नीति निर्माण गर्न लागेको बताउनु भयो ।सङ्घले निर्माण गरेको  भू उपयोग नीतिमा नै टेकेर भू उपयोग नीति निर्माण गर्न लागेकाले सङ्घ सरकारको भू उपयोग नीति मा बाझिएका केही प्रावधान तथा बुँदाहरूमा सुझाव सहित सच्याउन पहल गर्ने मुख्यमन्त्री शर्माको भनाई छ । 

सङ्घ सरकार र प्रदेश सरकारको साझा  अधिकार अनुसूची ७  धारा ५७ को उपधारा  धारा १ सय ९ धारा १६२ को उपधारा ४ धारा १ सय ९७ सँग सम्बन्धी साझा अधिकार क्षेत्र को बुँदा २३को अधिकार क्षेत्र भू उपयोग नीति र सो सम्बन्धी कानुन रहेकाले यस बुँदामा टेकेर  भू उपयोग नीति निर्माण गर्ने उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top