होमपेज / राजनीति
फागुन १४,सल्यान
एकीकृत सूचना प्रणालीलाई किसानको पहुँचसम्म पुर्याउन पहल सुरु गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले बताउनु भएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको आयोजना तथा कृषि विकास कार्यालय सल्यानको व्यवस्थापनमा ३ दिने कर्णाली प्रदेशमा कृषि तथ्याङ्क एकीकृत सफ्टवेयर (AMIS) सञ्चालन एव तथ्याङ्क सङ्कलन सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा मन्त्री शर्माले कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रविधि र सूचनाको पहुँचमा किसानलाई जोड्न पदभार ग्रहण गर्दा गरेको निर्णय कार्यान्वयन सल्यान जिल्लाबाट थालिएको बताउनु भयो।
सफ्टवेयर सञ्चालन गरी सफ्टवेयर व्यवस्थापन सम्बन्धी तालिमको उद्घाटन गर्नु हुँदै मन्त्री शर्माले अब डोल्पाको किसान र सल्यानको किसान सूचना प्रविधिबाट सफलता, समस्या,तथ्याङ्क समन्वय तथा किसान मैत्री कार्य योजना तय गर्न सहज हुने बताउन भयो।
प्रदेशमा भएको कृषि मन्त्रालयले सूचना व्यवस्थापन कार्यलाई चुस्त राख्न नसकेको अवस्थामा किसान मैत्री योजना निर्माण हुन नसक्ने भएकोले यसका लागि सुचना प्रणालीलाई आफ्नो कार्यकाल भित्र व्यवस्थित सूचना प्रणालीमा किसान र मन्त्रालयलाई जोड्ने काम थालनी गरे कमे बताउँदै सुचना भनेको स्थानीय तह सँग नै हुने भएकोले स्थानीय तहले अझ सुचना व्यवस्थापन गर्नु पर्ने जिकिर गर्नु भयो।
सल्यान जिल्लाका नगर पालिका र गाउँपालिकाबाट अभिमुखीकरण कार्यक्रममा सहभागी कृषि प्राविधिक तथा पशु शाखा प्राविधिक प्रमुख हरूलाई स्थानीय तहको उपलब्धि समस्या तथा कार्यक्रम सम्बन्धी तत्काल मन्त्रालयमा जानकारी गराउन निर्देशन दिनुभएको थियो ।
हाल सम्म किसानको सफलता समस्या तथा कार्य योजना र कार्यक्रमको कुनै पनि तथ्याङ्क नभएकोले कार्यसम्पादन प्रक्रिया ढिला सुस्त र नागरिक गुनासो सुन्नु परेको अवस्थामा यसको अन्त्य गर्न एकीकृत सुचना प्रणाली व्यवस्थापन तालिम फलदायी र प्रभावकारी भएकोले यसलाई व्यवहारिक रुपमा जोड्ने आग्रह गर्नु भयो।





.jpg)