होमपेज / राजनीति
फागुन १२,सल्यान
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सञ्चार मिडियाले समाजको परिवर्तनमा निर्वाह गरेको भूमिका अतुलनीय भएको बताउनु भएको छ । उहाँले राजनैतिक व्यवस्था परिवर्तनमा सञ्चार क्षेत्रले खेलेको इतिहास गर्व गर्न लायक भएको बताउनु भयो । अव जनताको अवस्था परिवर्तनमा पनि पत्रकार र सञ्चार जगतले भूमिका खेल्नु जिम्मेवारी उत्तिकै रहने उहाँले बताउनु भयो ।
सल्यानमा सञ्चालित सामुदायिक रेडियो शारदा एफएमको १५ औ स्थापना दिवसको अवसरमा आयोजित दिगो विकासमा सामुदायिक रेडियो भूमिका विषयक भर्चुअल अन्तरक्रियामा शर्माले समाजमा रहेका गलत संस्कार संस्कृति रूपान्तरणमा रेडियो लगायत सञ्चार क्षेत्रले योगदान गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘कर्णाली प्रदेशको भौगोलिक सांस्कृतिक रसामाजिक अवस्था हेर्दा अझै पनि रेडियो जनताको सूचनाका सहज र सुलभ पहुँच पुग्ने माध्यम रहेको छ ।’
समुदायमा जागरण पैदा गरेर नीति निर्माण र कार्यान्वयनमा जनसहभागिता बढाएर मात्र दिगो विकास लक्ष्य हासिल गर्न सकिने भएकाले पत्रकार र सञ्चार क्षेत्रको भूमिका सरकारले अघि सारेका कार्यक्रममा रचनात्मक पैरवी गर्न आग्रह गर्नु भयो । मुख्य मन्त्री शर्मा कर्णाली प्रदेशमा पत्रकार र सञ्चार माध्यमको सुरक्षा र वृत्ति विकासका लागि आफूहरूले ध्यान दिएर काम गर्ने बताउनुभयो ।
प्रतिनिधि सभाका सदस्य प्रकाश ज्वालाले सामुदायिक रेडियो आवाज विहीनहरूको साथी भएर किसान, मजदुर, महिलाहरूको पक्षमा काम गरिरहेको बताउनुभयो । भौतिक तथा मानवीय विकास वा जनतालाई सेवा प्रवाह गर्ने सन्दर्भमा शारदा एफएमले गरेको पैरवी उल्लेख्य रहेको छ । ज्वालाले भन्नुभयो ‘जनताका दैनिकी र राज्य र सरकारले अघि सारेका नीति कार्यक्रम र जनताको आवश्यकतालाई विषय वस्तु बनाएर सञ्चार माध्यमले अभियान चलाउन आवश्यक छ ।’
कर्णाली प्रदेशका भूमि कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्माले विकास, सुशासन र जनताको जीविकोपार्जनका जस्ता विषयवस्तुलाई प्राथमिकता दिएर रेडियोले कार्यक्रम निर्माण गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो‘ जनताको घर दैलोमा सरकार आएपछि विकासका गतिविधि बढेको यसलाई सकारात्मक रुपमा र विकास सँगै आएका विकृति विसङ्गतिलाई पैरवी गर्नु पर्दछ ।’
कर्णाली प्रदेश सभा सदस्य सुरेश अधिकारीले सल्यान जिल्ला लगायत पहाडी जिल्लामा सञ्चार पहुँच पुर्याउने माध्याम रेडियो भएकाले आर्थिक, सामाजिक क्षेत्र जागरण पैदा गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो शारदा लगायतका एफएम रेडियोले समुदायमा विकास समृद्धिका क्षेत्रमा योगदान गरेका छन् । रेडियो पत्रकारिताका माध्यम जनताको जीवन स्तर सुधार्न, विकास र सुशासन लगायतकाक्षेत्र थप प्रभावकारी कार्यक्रम ल्याउनु पर्दछ ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोरव) अध्यक्ष अर्जुन गिरीले नेपालको सामाजिक तथा राजनैतिक परिवर्तनमा रेडियोहरूले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले नागरिक तथा राजनैतिक अधिकार मात्र होइन विपद्, सुशासन र जागरणमा क्षेत्रमा रेडियो आन्दोलनका भूमिका रहेको छ ।
राज्यको पुनर्संरचना सँगै तिन तहका सरकार बनेका भएपनि सञ्चार क्षेत्र र सामुदायिक रेडियाहरूको वृत्ति विकास सरकारी तवरबाट ध्यान नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो स्थानीय तहमा आफै रेडियो सञ्चालन गर्ने, सामुदायिक रेडियो मैत्री नीति कार्यक्रम समेत नबनाउने जस्ता काम भएका छन् ।
एफएम रेडियोले शिक्षा ,स्वास्थ्य लगायतका जनचेतनासहित सामाजिक रूपान्तरणमा योगदान गरिरहेकाले अहिलेको अवस्थामा सरकारले सामुदायिक रेडियोको क्षेत्रमा नीतिगतरुपमै सहयोग गर्ने नीति लिन आवश्यक रहेको गिरीको भनाई छ ।





.jpg)