ट्रेण्डिङ

होमपेज / राजनीति

संघीयता र सविंधनको रक्षार्थ सबै एक हौंः मन्त्री शर्मा

  सल्यान खबर डेस्क २०७९ फाल्गुण ११ गते बिहीबार १८:०३:५१ मा प्रकाशित

फागुन ११,सल्यान 
कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले जनयुद्ध र जनआन्दोलनबाट बलबाट प्राप्त संघीयता र सविंधानको रक्षार्थ सबै लाग्नु पर्ने बताउनु भएको छ । संविधानको रक्षा र कार्यन्वयनमा सबै पक्ष अघि बढ्नु पर्ने आंैल्याउनु भयो । 

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आयोजित पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री शर्माले संविधानमा लिपिबद्ध हकअधिकार कार्यान्वयनकै शिलशिलामा यस प्रकारका कार्यक्रमहरु भइरहेको बताउनु भयो ।

 नेपाली जनताको दशकौं लामो अनवरत संघर्षको परिणामका रुपमा प्राप्त भएको संघियता र संविधानलाई उल्ट्याउन केही शक्ति लागि परेको बताउँदै उनीहरुको उक्त सपना सपनामै सिमित हुने बताउनु भयो । देशमा गणतन्त्र भन्दा पुरानै व्यवस्था ठिक थियो भन्दै केही शक्तिले भ्रम फैलाइरहेको बताउदै उहाँले यस तर्फ सबै पक्ष सजक हुनु पर्ने बताउनु भयो । 

खेलकुदका माध्यमबाट थुप्रै खेलाडीहरुले नेपालको नाम विश्वभर चिनाएको बताउँदै खेल क्षेत्रमा दत्तचित्त भएर लाग्न खेलाडीलाई आग्रह गर्नु भयो । समग्र खेल क्षेत्र र खेलाडीको वृद्धि विकास गर्न सरकारले लागि परेको बताउनु भयो । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top