होमपेज / राजनीति
फागुन १ सल्यान
जनयुद्ध दिवस राष्ट्रिय रुपमा मान्यता पाउनु भनेकाे संघियता कार्यान्वयनकाे बलियो भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले बताउनु भएको छ।
२८ औं जनयुद्ध दिवसकाे अबसरमा सहिद स्मृति समाजले बागचाैर नगरपालिका वडा नं ९ प्लाटुनचाैरमा अायाेजना गरेकाे जनयुद्ध दिवसको अबसरमा मन्त्री शर्माले जनयुद्ध दिवस राष्ट्रिय मान्यता पाउनु भनेमकाे संघियता कार्यान्वयनकाे बलियो पक्ष भएको बताउनु भएको हाे।
संघिय लाेकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समाबेशी, ब्यबस्था कार्यान्वयनलाई बलियो र संस्थागत गर्न जनयुद्ध दिवसकाे अहम भुमिका रहेकाले सबैले आजकाे दिनलाई राष्ट्रिय गाैरवकाे दिनकाे रुपमा लिनु पर्ने बताउनु भयाे।
मन्त्री शर्माले जनयुद्ध दिवस मानाउदै गर्दा महान सहिद ,घाइते याेद्धा, बेपत्ता याेद्धा, र अपांगता भएका महान सपुतकाे बलिदान त्याग तपस्या,समर्पण जाेडिएकाले आजकाे दिनलाई नेपाल सरकारले उत्सवकाे रुपमा मनाउन सार्वजनिक बिदा दिईनुले संघियता बिराेधीकाे कद खस्केको बताउनु भयाे।
जनयुद्ध दिवस राष्ट्रिय दिवसकाे रुपमा मनाउदै गर्दा स्थानीय सरकारले यस दिवसकाे स्वामित्व लिनु पर्ने भन्दै मन्त्री शर्माले दिवसमा कुनै पार्टी जात धर्म बिशेष नभई यसलाई सबैले ग्रहण गर्न सक्ने सामार्थ्य राख्न सक्नु पर्ने जिकिर गर्नु भयाे।
देशमा संघियता पुर्ण कार्यान्वयन गर्न प्रशासनिक र बितिय जिम्मेवारी संघ सरकारले खुम्च्याई रहेकोले कर्मचारीमा भएको समस्या र बित्तीय क्षेत्रमा भएको समस्या प्रदेश निजामती ऐन र नियामावली बनायर प्रशासनिक र बित्तिय क्षेत्रमा भएको समस्या समाधान हुुने बताउनु भयो ।
मन्त्री शर्माले सल्यान जिल्ला निर्वाचन क्षेत्र १ क सल्यानबाट निर्वाचन भएको भएता पनि अहिलेकाे जिम्मेवारी कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएकोले अब कर्णाली १० जिल्लामा जिम्मेवारी रहने हुदा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भएकोले कृषि क्षेत्रमा देखिएकाे अनुदानकाे समस्यालाई निरुपण गर्न अब उत्पादनमा आधारित कृषि अनुदान लाई सहकारी तथा बैंक मार्फत ब्यबस्थित गर्ने बताउनु भयाे।
सहिद स्मृति समाजले आयाेजना गरेकाे साँस्कृतिक तथा खेलकुद कार्यक्रमले खेल जगतकाे सम्मान मात्रै हैन पुष्षा भण्डारी संग जिल्लाकाे गाैरव जाेडिएकाले खेलाडि र खेल क्षेत्रकाे सबैले सम्मान गर्नु पर्ने बताउनु भयाे।
जनयुद्ध दिवसको अबसरमा सहिद परिवार सम्मान तथा शुभकामना अादनप्रदान कार्यक्रममा अायाेजना गरिएको भलिबल ,हिसाब दाैड तथा लाेक नृत्यमा प्रथम द्धितिय तृतीय र सान्त्वनाे हुनुलाई मन्त्री शर्माले नगद सहित प्रमाणपत्र बितरण गर्नु भएको थियोे ।सहिद स्मृति समाजका अध्यक्ष धनेन्द्र बिमल वलीकाे अध्यक्षतामा भएको कार्यक्रमकाे सञ्चालन प्रेम प्रकाश शर्माले गर्नु भएको थियोे ।





.jpg)