ट्रेण्डिङ

होमपेज / राजनीति

माओवादी सल्यानले दीप प्रज्वलन गरेर मनायो २८ औं जनयुद्ध दिवस

  सल्यान खबर डेस्क २०७९ फाल्गुण १ गते सोमबार २०:४४:४६ मा प्रकाशित

फागुन  १ सल्यान 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र ) सल्यानले  २८ औं जनयुद्धको अवसरमा दिपावली गरेर मनाएको छ । जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रले शहिद गेटमा  दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय  सदस्य  तथा  कर्णाली  प्रदेश भुमि  ब्यवस्था कृषि  तथा  सहकारी  मन्त्री भिम प्रकाश  शर्माले  जनयुद्धबाट आएको परिवर्तनकै कारण आज नेपालमा जनताको शासन भएको बताउनु भयो । उहाँले जनयुद्धले आज भन्दा २८ बर्ष अगाडि २०५२ साल फागुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने राजनीतिक उद्देश्य बोकेर जनयुद्ध शुरु गरेको नेकपा (माओवादी केन्द्र) १० वर्ष जनयुद्ध र १६ बर्षे शान्तिपूर्ण राजनीतिक प्रक्रिया पार गर्दै यो अवस्थासम्म आई पुगेको बताउनु भयो ।

 शर्माले देशको आमूल परिवर्तनमा जनयुद्ध वरदान साबित भएको दाबी  गर्नु  भयो । उहाँले भन्नु भयो , ‘जनयुद्धको उपलब्धी संस्थागत हुँदा नेपालमा स्वतन्त्रता र जनताले आफ्नो अधिकार उपभोग गर्न पाएको हो ।’ नेपालका दलित, पीछडा वर्ग, उत्पीडनमा परेका वर्ग, अल्पसंख्यक, गरिब, विपन्नहरूको अधिकारको लागि भएको जनयुद्धको सबभन्दा अमूल्य उपहार भएको बताउनु  भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top