ट्रेण्डिङ

होमपेज / राजनीति

न्यून आय भएकालाई राहत घोषणा गर्न काँग्रेस सभापति देउवाको आग्रह

  सल्यान खबर डेस्क २०७६ चैत्र १३ गते बिहीबार १२:५८:५३ मा प्रकाशित

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन ।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले टि्वटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’

विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन उत्तम विकल्प भएको देउवाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top