होमपेज / राजनीति
माघ २४ सुर्खेत
एक गाउँ एक पकेट क्षेत्र विस्तार गर्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले निर्देशन दिनुभएको छ। कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतले आयोजना गरेको मन्त्री भीम प्रकाश शर्मालाई स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा मन्त्री शर्माले एक गाउँ एक पकेट क्षेत्र विस्तार गर्न निर्देशन दिनु भएको हो
। कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतले साना तथा ठुला किसानको लागि कर्णाली प्रदेशका ५४ पालिकामा मात्रै नभई ७९ वटा स्थानिय तह सम्म किसानलाई जोड्न अनुरोध गर्नु भयो। कृषि क्षेत्रमा लगानी गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा दातृ निकाय सँग समन्वय तथा सहकार्य गर्न प्रदेश सरकार तयार भएकाले यसमा नीतिमा आएका समस्या तत्काल समाधान गर्न नीति तथा नियमावली तयार पारेर भएपनि प्रदेश सरकार लगानी बढाउन तयार भएको बताउनु भयो। मन्त्री शर्माले कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतले साना तथा ठुला किसानको उत्पादन वृद्धि तथा बजार बजारीकरणको लागि ठुलो मात्रमा लगानी गरेता पनि किसानले काम गर्ने हो र अनुदानको लागि कागज प्रक्रिया जुटाउन नसक्ने भएकाले यसबारे सोच्न सुझाउनु भयो।
कर्णालीको माटो हावापानी जलवायु अनुकुलनताको हिसाबले कृषि उत्पादनमा राम्रो सम्भावना भएकाले कर्णालीका सबै जिल्ला र ७९ वटा पालिकामा यसको अध्ययन गर्न अनुरोध गर्नु भयो। भेरी कोरिडोर र सल्यानको कालीमाटी क्षेत्र कृषि उत्पादन तथा मत्स्य पालनको लागि उपयुक्त क्षेत्र भएकाले भेरी र शारदाको पानी किसानले प्रयोग गरेर कसरी कृषिमा आत्मनिर्भरता बढाउन सकिन्छ यसबारे अध्ययन थाल्न निर्देशन गर्नु भयो।





.jpg)