ट्रेण्डिङ

होमपेज / राजनीति

कर्णाली प्रदेश मन्त्रीमण्डलले पायो पूर्णता, सल्यानबाट कृषि मन्त्रीमा शर्मा

को हुन कृषि मन्त्री शर्मा

  सल्यान खबर डेस्क २०७९ माघ ११ गते बुधबार २१:२८:२८ मा प्रकाशित

माघ ११,सल्यान 
कर्णाली प्रदेशमा आज चारजना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त राजकुमार शर्माले बुधबार मन्त्रिमण्डललाई पूर्णता दिएका हुन्। 

मन्त्रिमण्डलमा नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री टेकराज पछाई र जितबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको शपथ लिए। यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश शर्माले भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र कृष्णबहादुर जिसीले आन्तरिक मामिला तथा योजनामन्त्रीको शपथ लिए।​

यसैगरी पुस २८ गते विनाविभागीय मन्त्री नियुक्त एमालेका विनोदकुमार शाहले आर्थिक मामिला तथा योजनामन्त्री र माओवादी केन्द्रबाट मुगुका मंगलबहादुर शाही भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन्। यो मन्त्रिमण्डलमा दलित, महिला कुनै पनि सहभागी छैनन्।

को हुन कृषि मन्त्री शर्मा   ?

नामः भीम प्रकाश शर्मा 
जन्ममितिः
२०२१/०१/0२
जन्मस्थानः बागचौर नगरपालिका ३ पुतलीबास (साविक थारमारे गाविस वडा न ७) सल्यान 
अध्ययन : स्नातक तह त्रिभुवन विश्वविद्यालय कित्तिपुर 
राजनीति 
२०४२ सालमा नेकपा मशाल समर्थक अनेरास्ववियु छैटौंको सदस्य 
२०४५ सालमा त्रिभुवन विश्वविद्यालय कित्तिपुरको शिक्षा इकाई अध्यक्ष 
२०४६/०४७ सालको जनआन्दोलनमा काठमाण्डौमा सक्रिय सहभागिता 
२०४७ मा नेकपा मशालको पार्टी सदस्यता 
२०४७ कात्र्तिकमा नेकपा मशालको जिल्ला समितिको सस्थापक सदस्य 
२०४८ सालमा राप्ती व्युरो सदस्य 
२०४९ मंसिरमा सम्पन्न नेकपा मशाल र नेकपा (माओवादी) को एकता केन्द्र गठन पछि सल्यान जिल्लाको शेक्रेटरी 
२०५७ सालमा भएको जिल्ला भेलाबाट सल्यानको जिल्ला सदस्य 
सैन्य अनुभव
२०५८ मा जनमुक्ति सेनाको कमिसार तथा दार्चुला बैतडी पार्टी इन्चार्ज, सेती महाकाली व्यूरो सदस्य 
फौजी मोर्चाः गोकुलेश्वर दार्चुला, पहलमानपुर, खिमडी, रुकुम खारा (दुई पटक) अर्घाखाची, म्याग्दीको बेनी, कालिकोटको पिलि, पाल्पा, कपिलबस्तु आदी 
फौजी मोर्चाको जिम्मेवारी 
प्लाटुन कमिसार, , कम्पनी कमिसार, बटालियन कमिसार, बिग्रेड भिसी र पश्चिम सैन्य प्रवक्ता
शान्ति प्रक्रिया 
सल्यान जिल्लाको सह इन्चार्ज, इन्चार्ज, पार्टी अध्यक्ष, कर्णाली प्रदेश सदस्य, पोलिटब्युरो सदस्य, हाल केन्द्रीय सदस्य 
अनुभव 
२०६४ सालमा शान्ति  तथा पुनः निर्माण मन्त्रालय र २०७५ मा कर्णाली प्रदेशका मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार

प्रतिक्रिया

सम्बन्धित खवर

Top