होमपेज / राजनीति
नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफना दुई मन्त्रीको नाम टुंगो लगाएको छ ।
प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको माओवादीले सुर्खेतका कृष्णबहादुर जिसी र सल्यानका भीमप्रकाश शर्मालाई मन्त्री बनाउने भएको हो ।
यसअघि माओवादीबाट मुगुका मंगलबहादुर शाही विन विभागीय मन्त्री बनिसकेका छन् ।
जिसीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, शाहीलाई भौतिक पूर्वाधार, उर्जा तथा जलस्रोत र शर्मालाई भूमी व्यवस्था कृर्षि तथा सहकारी मन्त्री बनाउने निर्णय गरिएको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए ।
२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले २८ पुसमा माओवादी केन्द्रका शाही र एमालेका बिनोद कुमार शाहलाई विन विभागीय मन्त्रीका नियुक्त गरेका थिए ।
मुख्यमन्त्री शर्माले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । नयाँ मन्त्रीहरुको आजै शपथ हुने छ । नेकपा एमालेले पनि मन्त्रीको टुंगो लगाउने अन्तिम तयारी गरेको छ । नेताहरु छलफलम जुटेका छन् ।





.jpg)