होमपेज / राजनीति
पुस २९ सल्यान ।
बनगाड कुपिण्डे नगरपालिका नगर कार्यपालिका बैठक सम्पन्न भएको छ ।
नगरपालिकाको शुक्रवार भएको कार्यपालिका बैठकमा विभिन्न निर्णय गरिएको छ । जसमा नगरपालिकाबाट र अन्य विभिन्न पालिकाको दोहोरो सहमति अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विभिन्न मितिको निर्णय बाट बनगाड कुपिण्डे नगरपालिकाको कार्यालय दरबन्दी भइ विभिन्न पालिकाहरुमा कामकाज खटिन जानुभएका कर्मचारीहरुलाइ यस नगरपालिकामा फिर्ता बोलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समक्ष अनुरोध गर्ने निर्णय गरिएको ३ न वडा अध्यक्ष तथा प्रवक्ता धनबहादुर पुनमगरले बताउनु भएको छ ।
बनगाड कुपिणण्डे नगरपालिकाका विभिन्न शाखाहरु र वडाहरुमा कर्मचारी अभाव रहेको छ ।साथै विद्यालयका भवन,खानेपानी सडक,विद्युतिकरण लगाएत दर्जनौं वढि योजनाहरु संघीय सरकार तथा प्रदेश सरकार समक्ष माग गर्ने निर्णय समेत गरिएको छ ।
जनताको कामलाई व्यस्थित गर्न वडामा सचिब बिहिन भएपछि काजमा बाहिर गएका कर्मचारीलाई फिर्ता बोलाउने निर्णय गरिएको नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले जानकारी दिनु भएको छ । नगरपालिका १२ वडामा अहिले ६ जना वडा सचीवले काम चलाइरहेका छन ।
प्रवक्ता पुनमगरका अनुसार नगरपालिका भित्रका स्थायी बासिन्दाहरु मध्य नेपाल सरकारबाट तोकिएका १० किसिमका दिर्घ रोगहरु बाट ग्रसित भएका र नियमित उपचार गराइरहेका तर सरकारी कुनै सेवा सुबिधा नपाएका व्यक्तिहरुलाइ वडा कार्यालय र उपचार गराइरहेको अस्पतालको सिफारिसको आधारमा नेपाल सरकारले नीति बमोजिम प्राप्त हुने प्रती महिना पाच हजारका दरले उपचार खर्च उपलब्ध गराउने र सोको नियमानुसार सोधभर्ना माग गर्ने निर्णय गरिएको समेत बताउनु भएको छ ।





.jpg)