होमपेज / राजनीति
पुस ४,सल्यान
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार सल्यानमा मसाल जुलुस निकालेको छ । ३ बुँदे सहमति र राजनीतिक मुद्या फिर्ता लिन सरकारले ल्याएको अध्यादेश कार्यन्वयनको माग गर्दै सोमबार साँझ सल्यानको मुख्य व्यापारिक केन्द्र श्रीनगरमा मसाल जुलुस निकालेको हो ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव नेतृत्वको नेकपासँग ३ बुँदे सहमति भएको थियो । तर सहमति भएको लामो समय वितिसक्दा पनि सहमति कार्यन्वयन नगरेको भन्दै त्यसको विरोधमा मसाल जुलुस निकालिएको नेकपा सल्यानका शेक्रेटरी मदनले जानकारी दिनु भयो । ३ बुँदे सहमति कार्यन्वयन गर्न दवाव स्वरुप मंगलबार बिहान १० बजेदेखि ११ बजेसम्म १ घण्टा चक्काजामको पूर्व सध्यामा मसाल जुलुस गरिएको उहाँको भनाई छ ।
सरकारले नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा लगायतका दलका राजनीतिक कार्यकर्तालाई आममाफी दिन सरकारले अध्यादेश राष्टपति कार्यालयमा अनुमोदनका लागि पठाएको छ । उक्त अध्यादेश विना शर्त अनुमोदना गर्नु पर्ने उहाँले बताउनु भयो ।
सरकारले राजनीतिक मुद्या फिर्ता लिन मिल्ने गरी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ११६मा उपदफा ९ थप्नेगरी ल्याइएको अध्यादेश ल्याएको छ ।





.jpg)