होमपेज / राजनीति
मंसिर ८ सल्यान
सल्यानमा प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी हुनुभएको हो। उहाले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गर्नुभएको छ । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याउनुभएको छ ।
२०३७ सालदेखि राजनीतिमा प्रवेश गरेका ज्वालाले २०५२ सालदेखि संसदीय निर्वाचनमा भाग लिएका थिए । उनले पहिलो पटक २०५६ मा , दोस्रो पटक २०७०, तेस्रो पटक २०७४ जित हासिल गरेका थिए ।
२०५२/०५३ मा शाहबाटै पराजित भएका ज्वालाले यो भन्दा पहिला राजेन्द्रबहादुर शाहलाई २०५६ मा पहिलो पटक पराजित गरेका थिए । अहिलेसम्म चार पटक निर्वाचित भइसकेका ज्वाला २०७४ मा निर्वाचित भएपछि कर्णाली प्रदेशका अर्थ मामिला मन्त्री समेत भएका थिए ।





.jpg)