ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा मतगणना सुुरु

  सल्यान खबर डेस्क २०७९ मंसिर ५ गते सोमबार १३:३५:०६ मा प्रकाशित

मंसिर ५,सल्यान
सल्यानमा मतगणना सुरु भएको छ ।  दिउँसो सवा एक वजे देखि मतगणना सुरु भएको हो ।  एक प्रतिनीधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा एकै पटक संघ र प्रदेशको मतगणना सुरु गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ ।  

मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले  जिल्लाका १० स्थानीय तह मध्ये कालिमाटी गाउँपालिका र कुमाख गाउँपालिका वाट मतगणना सुरु गरिएको बताउनुभयो । उहाका अनुसार विहान ११ बजे मतगनना हुने भनिएपनि प्राविधिक कारण ढिलाई भएको हो । मतगणना संघ र प्रदेशको गरी चार स्थानमा गणना भैरहेको छ ।  छिटो  नतिजा सार्वजनिक गर्न पनि एकै पटक मतगणना सुरु गरिएको हो ।
    जिल्लामा २ सय ५ मतदान केन्द्रबाट जिल्लाको सदरमुकाम स्थित मुख्य निर्वाचनको कार्यालयमा आईतबार राती ३ बजेसम्म मतपेटी आईसकेको थियो । मतगननाको लागि सोमबार बिहान ८ बजे सर्बदलिय बैठक बसेको थियो । 

  मतगननाको लागि सदरमुकाम स्थित मुख्य निर्वाचन कार्यालय परिसरमा सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो । उहाका अनुसार मतदान स्थलको सुरक्षा ब्यवस्थाका लागि आवश्यक भित्री र वाहिरी  सुरक्षा पवन्ध मिलाईएको छ । मतगणना स्थलमा तारजाली र सिसी क्यामरा जडान गरिएको  छ ।  
    यसैबिच मतगनना ११ बजे सुरु हुने भनेपछि जिल्लाको सदरमुकाममा पार्टीका कार्यकर्ताहरुको भिड लाग्न थालेको छ । जसका कारण चहलपहल बढेको छ । सल्यानमा भएको प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा कुल मतदाता १ लाख ५७ हजार ७ सय १ मतदाता रहेको सल्यानमा ८४ हजार २२ ले मतदान गरेका थिए । कुल मतदातासंख्याको ५३.२३ प्रतिसत रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top