होमपेज / राजनीति
कार्तिक २७,सल्यान देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ। पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्र रूपमा अघि बढेको छ।
निर्वाचनको प्रचारप्रसारमा तड्क भडक नभएर अत्यन्त शालीन ढङ्गले अघि बढिरहेको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ । यसअघिका निर्वाचनका तुलनामा यस पटक आचारसंहिताको पालनामा सुधार भई तुल ब्यानर, पोस्टर, टेम्पलेट र भित्ते लेखनबाट सहर कुरूप हुनबाट जोगिएको प्रमुख जिल्ला अधिकारी तथा विपिन आर्चायले बताउनु भयो । । उहाँले भन्नु भयो “अहिले ध्वजापताका, टेम्पलेट, ब्यानर, माइक, आमसभाजस्ता विषय कम भए पनि निर्वाचन सबै मतदाताको मन मस्तिष्कमा छ, माहौल नभएको भन्न मिल्दैन, सहरको सुन्दरता पनि त कायम छ। ”
सञ्चार माध्यममा विज्ञापन, राजनीतिक दल र उम्मेदवारका कार्यक्रम, समाचार र अरू निर्वाचनसम्बन्धी सामग्रीले पनि निर्वाचनको माहौल बनिरहेको छ। पछिल्ला निर्वाचनमा मतदाता र उम्मेदवार दुवै परिपक्व हुँदै गएकाले निर्वाचनको शालीन हुन पुगेको हो।
माओवादी नेता तथा सल्यान प्रदेश सभा (क) उम्मेदवार भीम प्रकाश शर्माले राजनीतिक दल, उम्मेदवार, मतदाता र लोकतन्त्र जति परिपक्व हुँदै जान्छ त्यति नै चुनाव शालिनरुपमा अघि बढ्दै जाने बताउनु भयो । पहिलाका चुनावमा तुल ब्यानरले बजार र गाउँ छपक्कै हुने मात्र नभई मतदाता पनि विभिन्न दल विशेषका चुनाव चिह्न अङ्कित पोसाकले पहिरिएको देखिन्थ्यो। त्यसमा उम्मेदवारको खर्च धेरै हुन्थ्यो। यस पटकको निर्वाचनलाई मितव्ययी बनाउने उद्देश्यले आयोग र दलले चुनाव प्रचारप्रसारका सबैमा प्रक्रियामा आमूल परिवर्तन गरेका हुन्। आमसभा र घरदैलो समेत यस पटक १५ दिनमा सीमित गरिएकाले पनि पहिले जस्तो प्रचार भएन जनता निराश भएकी भन्ने कोणबाट टिप्पणी गरिए तापनि त्यो बुझाइ सही नभएको उहाँको भनाई छ।
उम्मेदवार समक्ष मतदाताले अझै पनि खोइ त बाटो भनी जानेर वा नजानेर बिभिन्न माग र प्रश्न तेस्याइरहेका प्रतिनिधि सभाका साझा उम्मेदवार प्रकाश ज्वालाको भनाई छ । जनता अहिले पनि निर्वाचनप्रति पहिलेकै जस्तै उत्सुक रही उम्मेदवार समक्ष यस्तो काम हुनपर्यो भनेर माग गर्ने गरेको त्यसको टिपोट गर्दै प्रतिबद्धता जाहेर गर्ने गरेको बताउनु भयो । जिल्लाको भूगोलअनुरूप प्रचारप्रसारको समय अत्यन्त काम भएको र ठुला कार्यक्रम भन्दा घरदैलोलाई नै प्राथमिकतामा दिएका कारण निर्वाचनको वातावरण नदेखिएजस्ता भए पनि निर्वाचनप्रति जनताको उत्साह निकै राम्रो रहेको प्रतिक्रिया ज्वालाको रहेको छ।





.jpg)