ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यान कारागारका १८ कैदीबन्दीले मतदान गर्न पाउने

  सल्यान खबर डेस्क २०७९ कार्तिक २३ गते बुधबार १६:४४:३३ मा प्रकाशित

कात्तिर्क २३,सल्यान 
आउदो मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा सल्यान कारागारका १८ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । विभिन्न मुद्यामा करागार चलान भएका ४ महिला र १४ पुरुष गरी १८ कैदीबन्दीले मतदान गर्न पाउने सल्यान कारागार प्रशासनले जनाएको छ । 

कैदीबन्दीले मतदान गर्न कारागार भित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय सल्यानका प्रमुख निमराज भट्टराईले जानकारी दिनु भयो । मतदाता नामावली संकलनका समयमा दर्ता गराएका कैदीबन्दीहरुले मात्र मतदान गर्न पाउने व्यवस्था भएकाले मतदाता नामावली भएका १८ कैदीबन्दीले मात्र मतदान गर्न पाउने उहाँको भनाई छ । कैदीबन्दीहरुले कारागारबाट प्रतिनिधिसभा अन्तर्गत समानुपातिकमा मात्र मतदान गर्न पाउने भट्टराईले बताउनु भयो । 

कारागार प्रमुख राजन कडेलका अनुसार कारागारमा २ नाबालक, र १ सय २६ कैदीबन्दी रहेका छन् । १ सय २८ कैदीबन्दी भए पनि १८ कैदीबन्दीले मात्र अस्थायी मतदाता नामावलीमा नाम रहेको उहाँको भनाई छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top