ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन सञ्चारमाध्यमको भूमिका अहम् 

  सल्यान खबर डेस्क २०७९ कार्तिक १९ गते शनिबार १६:०७:०८ मा प्रकाशित

कात्तिक १९,सल्यान 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्यको चुनाव प्रभावकारी बनाउन  सञ्चारकर्मीहरूको महत्त्वपूर्ण भूमिका हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ । 

निर्वाचन आचारसंहिताको पालना गर्न र गराउन सञ्चारकर्मीको भूमिका बलियो हुने भन्दै आम सञ्चारकर्मीहरूबाट यस कार्यमा सहयोगको हुनेमा कार्यालय आशावादी भएको जनाएको छ । 

आउँदो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा शनिवार जिल्ला निर्वाचन कार्यालय सल्यानले आयोजना गरेको निर्वाचनमा सञ्चारमाध्यमको भूमिका विषयक अभिमुखीकरणमा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले  आवधिक निर्वाचन लोकतन्त्रको आधार भएको बताउँदै यसलाई निष्पक्ष र पारदर्शी बनाउन सरोकारवालाको भूमिका बलियो हुने बताउनु भयो । 

सञ्चारकर्मीहरूले निर्वाचनलाई सभ्य, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने प्रक्रियामा तथ्य सूचनाका आधारबाट अमूल्य सहयोग गर्न सक्ने उहाँको विश्वास रहेको थियो ।

 जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले निर्वाचन कार्यक्रमलाई व्यवस्थित र संयमित ढङ्गले सम्पन्न गराउने एक अङ्ग आम सञ्चार संस्था र सञ्चारकर्मी भएकोमा जोड दिनु भयो ।

भरपर्दो शान्ति सुरक्षा पु¥याएर निष्पक्ष, पारदर्शी र भयरहित हिसाबले निर्वाचन सम्पन्न गराउने दिशामा जिल्ला निर्वाचन समन्वय समिति तत्पर रहेको बताउँदै प्रजिअ आचार्यले निर्वाचन कार्यक्रमको प्रभावकारितामा सञ्चारकर्मी र सञ्चार संस्थाहरूले सहयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले आचारसंहिताको पालनामा दल तथा उम्मेदवार गम्भीर बन्नुपर्ने र यसको निगरानीमा समेत सञ्चारकर्मीहरूबाट भरपर्दो सूचना आउनुपर्नेमा जोड दिनु भयो । 

 जिल्ला निर्वाचन अधिकारी निमराज भट्टराईले निर्वाचनलाई सभ्य ढङ्गबाट सम्पन्न गर्न विगतमा झैँ सञ्चारकर्मी र सञ्चार सस्ताहरूबाट सहयोगको अपेक्षा राखेको बताउनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top