होमपेज / राजनीति
कात्तिक ९,सल्यान
सल्यानको मौसम विस्तारै चिसिदै गइरहे पनि चुनावी सरगर्मी भने तातिदै गएको छ । मंसिर ४ नजिकिदै गर्दा दलका उम्मेदवारहरुले मतदाता भेटलाई तिब्रता दिन थालेका छन् । सल्यान प्रदेश सभा सदस्य (क) बाट उम्मेदवार बन्नु भएका भीम प्रका शर्मा मतदातालाई भेट्न टोल टोलमा पुग्नु भएको छ । निर्वाचन क्षेत्रका विभिन्न टोलमा पैदलै मतदाता भेट्ने र सुझाव लिने काममा शर्मालाई यतिबेला भ्याइ नभ्याई छ ।
बुधबार बिहानै बागचौर नगरपालिकाको थाराचौर, सोतागार, रामपुर खाली, पुतलीबासका मतदाताहरुसँग भलाकुसारी गर्नु भएको छ । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार सबैको घरआगनमा आइरहेको समयमा तिहारको शुभकामना साटासाट गर्दै शर्माले मतदातालाई मतत माग्नु भएको छ । । क्रमैसँग सबै मतदातालाई भेट्ने कार्यक्रम तय गरिएको उहाँले बताउनुभयो । भेटका क्रममा उम्मेदवार तथामाओवादी केन्द्रका केन्द्रीय सदस्य शर्माले भन्नुभयो–’सल्यानको विकास राष्ट्रिय रुपमै कसले भूमिका निभाउन सक्छ भन्ने तपाईहरुलाई थाहै छ । चासो राख्नु भएकै छ । तपाईहरुको चासो, चिन्ता र शुभेच्छालाई आत्मसात गर्नेछु ।’
पाँच दलिय गठबन्धन गर्दा सल्यानमा प्रदेश सभा सदस्य (क) मा माओवादीको भाग परेकाले आफू (क) को मात्र प्रतिनिधि नभएर जिल्लाकै माओवादीको प्रतिनिधि भएको बताउनु भयो । आफू साझा उम्मेदवार भएकाले विकास निर्माण देखि अन्य समग्रम काम साझा रुपबाट नै गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।






.jpg)