ट्रेण्डिङ

होमपेज / राजनीति

प्रतिगमन नरोकिएसम्म गठबन्धन टुट्दैन

  सल्यान खबर डेस्क २०७९ कार्तिक ५ गते शनिबार १७:३८:०५ मा प्रकाशित

सल्यान, ५ कार्तिक । देशमा जबसम्म प्रतिगमण रहन्छ, तबसम्म गठबन्धन कायम रहने नेताहरुले बताएका छन् ।

 देशमा संविधानको हत्या गर्ने र अस्थिरता ल्याउने तत्व अझै कायम रहेकाले प्रतिगमणकारी तत्वको अन्त्य नहुदासम्मको लागि अहिलेको गठबन्धन कायम रहने उनीहरुले बताएका हुन् । शुभ दिपावली तथा छठ पर्वको अवसरमा सत्तागठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सल्यानको संयुक्त आयोजनामा शनिवार खलंगामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् । 

नेताहरुले पार्टीको निर्णय नै आधिकारिक हुने भन्दै पार्टीको निर्णय विपरित बोल्ने, लाग्ने र सामाजिक सञ्जालमा भ्रम फैलिने गरि नलेख्न कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् । नेताहरुले बिशेष परिस्थितिमा अहिलेको गठबन्धन निर्माण भएकाले यो लामो समय सम्म कायम रहने बताएका हुन् । 

नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा सत्तागठबन्धनको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार प्रकाश ज्वालाले सत्तागठबन्धन केटाकेटीको खेल जस्तै नभएको बताउनुभयो । ‘यो भनेको संविधान बचाउने र मास्ने विचको लडाइ हो’ ज्वालाले भन्नुभयो ‘गठबन्धनको मर्मअनुसार सबै लाग्नुहुन्छ भन्ने बिश्वास छ ।’ संविधानको रक्षा, देशको विकास र स्थायित्वका लागि गठबन्धन अपरिहार्य रहेको उहाँको भनाइ छ । उहाँले विगतका ठुला–ठुला राजनितिक परिवर्तन सम्भव गर्न बिभिन्न दलहरुका विचमा सहकार्य भएको इतिहास जिवितै रहेकाले अहिलेको गठबन्धन पनि लामो समय रहने बताउनुभयो । 

यस्तै गठबन्धनको समर्थनमा नेकपा माओवादी केन्द्रको तर्फबाट प्रदेशसभा क्षेत्र नं. १ का उम्मेदवार भिम प्रकाश शर्माले आवश्यकताका आधारमा अहिलेको गठबन्धन निर्माण भएकाले प्रतिगमणलाई परास्त गर्ने गरि लाग्न सबैमा आग्रह गर्नुभयो । अबको चुनाव प्रतिगमन र अग्रगमन विचको टकराव भएको भन्दै जनताको मौलिक अधिकार सहित सिंगो प्रणालीको रक्षाका खातिर पनि गठबन्धनको जरुरी रहेको उहाँले बताउनुभयो ।

यस्तै गठबन्धनको समर्थनमा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा क्षेत्र नं. २ का उम्मेदवार सुरेश अधिकारीले प्रतिगमन कायम रहदा देश खतरामा पर्ने भएकाले निर्वाचनबाटै प्रतिगमणको अन्त्य गरिनुपर्ने बताउनुभयो । अहिले आफ्नो पार्टीमा केही समस्या देखिएपनि त्यो विस्तारै साम्य हुने र गठबन्धनमा आवद्ध सबै दलका उम्मेदवारहरुले जित हासिल गर्ने उहाँको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top