ट्रेण्डिङ

होमपेज / राजनीति

राजनीतिक स्थिरताका लागि गठबन्धन: शर्मा

  सल्यान खबर डेस्क २०७९ कार्तिक ३ गते बिहीबार १९:५४:१९ मा प्रकाशित

कात्तिक ३ सल्यान 
 सल्यान  प्रदेश  सभाका  (क) का उम्मेदवार भिम प्रकाश शर्माले संविधानको रक्षा र  राजनीतिक स्थिरताका लागि गठबन्धन आवश्यक भएको बताउनुभएको छ ।

नेकपा  माओवादी केन्द्र बागचौर नगर कमिटीको चौथो  पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता शर्माले संविधानको रक्षा गर्न राजनीतिक स्थिरताका लागि गठबन्धन भएको बताउनुभयो । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक संविधान माथि प्रहार गर्ने काम गरेकाले गठबन्धन आवश्यक भएको बताउनुभयो ।

गठबन्धनले मात्रै देशलाई निकास र विकास दिन सक्ने भन्दै गठबन्धन बाहेक अन्य विकल्प नरहेको बताउनुभयो । गठबन्धनले जनताको मर्म बुझन सक्ने, संविधानको रक्षा र विकास पनि गर्ने भएकाले गठबन्धनका नेतालाई भोट दिएर जिताउन आग्रह गर्नुभयो ।

यस्तै, नेकपा  माओवादीका केन्द्रीय  सदस्य  टेकबहादुर  बस्नेतले मुलुकको परिस्थितिले गठबन्धन जन्माएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top