होमपेज / राजनीति
कार्त्तिक १,सल्यान
कात्तिक र मङ्सिर किसानहरूका लागि अन्न भित्र्याउन महिना हो । यति बेला किसानहरू अन्नबाली भित्र्याउन खेतबारीमा व्यस्त छन् । मतदाता खेतबारीमै भेटिने भएपछि मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा चुनावका उम्मेदवारहरू खेतबारी र घरघरमा पुग्न थालेका छन् ।
जिल्लाका अधिकांश किसानलाई यति बेला बाली थन्काउने चटारो छ । चुनाव प्रचार प्रसारका लागि गाउँ गाउँ पुगेका उम्मेदवार आफ्नो पक्षमा मतदान गराउन खेतबारीसम्म धाउन थालेका छन् । दलका चुनावी प्रचारको पहिलो चरण भएको र यति बेला मतदातालाई वर्ष भरी खाने अन्नबाली भित्र्याउन फुर्सद नभएपछि आफूहरू नै खेतबारीमा पुगेको प्रतिनिधि सभाका राप्रपा उम्मेदवार नेत्रलाल श्रेष्ठले बताउनु भयो । जनता आ आफनै दैनिकीमा व्यस्त भएपछि दलहरूले चुनावी प्रचारको शैली फेरका छन् । चुनावी अभियानको सुरुवाती समय भएकाले ठुला सभा गर्नु भन्दा घरदैलो र खेतबारीमा पुग्न काम थालेको उहाँको भनाई छ ।
प्रदेश सभा (क) का माओवादी उम्मेदवार भीम प्रकाश शर्मा पनि मतदाता भेट्न घरदैलोमै व्यस्त रहनु भएको छ । ठुला सभामा मानिस कसले के भन्छ भन्ने मात्र सुन्न आउने तर घरदैलोमा पुग्दा परिचय र आत्मीयता पनि बढ्ने भएकाले घरदैलो अभियानलाई प्राथमिकता दिएको उहाँको भनाई छ ।
निर्वाचनको प्रचार प्रसारका क्रममा अहिले गठबन्धनले घरदैलोलाई प्राथमिकता दिई रहेको शर्माको भनाई छ । उहाँले भन्नु भयो अहिले गाउँमा कामको चटारो छ, जनतालार्ई काम गरी रहेकै अवस्थामा भेटेर सुखदुख बुझ्दै मत माग्दै हिँडेका र्छाैं ।
जिल्लामा प्रचार थालेका प्रतिनिधि सभा र प्रदेशसभाका उम्मेदवारले यस्तै शैली अपनाएका छन् । एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा लोकतान्त्रिक वाम गठबन्धनबाट एकीकृत समाजवादीका प्रकाश ज्वाला, एमालेबाट राजेन्द्र वीर राय र गठबन्धनबाट असन्तुष्टि जनाएर स्वतन्त्र उम्मेदवारी हालेका राजेन्द्र बहादुर शाह लगायत ७ जना चुनावी मैदानमा उत्रिएका छन् । प्रदेश सभा (क)मा गठबन्धनका तर्फबाट माओवादीका भीम प्रकाश शर्मा, एमाले कुल बहादुर गिरी लगायत ५ र प्रदेश भसा (ख)मा गठबन्धनबाट नेपाली कांग्रेसका सुरेश अधिकारी , एमालेका गुलाबजंग शाह लगायत ६ जना चुनावी मैदानमा उत्रिएका छन् ।





.jpg)