ट्रेण्डिङ

होमपेज / राजनीति

निर्वाचन आचार संहिताको कडाइले सल्यानमा फेरियो चुनावी प्रचार शैली

  सल्यान खबर डेस्क २०७९ आश्विन ३१ गते सोमबार १६:२०:३३ मा प्रकाशित

असोज ३१,सल्यान 
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि नयाँ नेतृत्व चयन गर्ने दिन नजिकै आइरहेको छ । नयाँ जनप्रतिनिधि छनौट गर्ने दिन नजिकै आउँदा विगतका चुनावका  झै यस वर्षको चुनावमा भनै कुनै चहलपहल देखिएको छैन ।   उम्मेदवारहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न विभिन्न योजना र कार्यक्रमका साथ मतदाता भेटघाट तथा घरदैलो अभियानमा छन् ।

 विगतका निर्वाचनमा चुनाव आउनुभन्दा दुई महिना अघि नै उम्मेदवारका पोस्टर, पम्प्लेट, तुल, ब्यानरले रंगीन हुने गाउँ वस्ती,चोक र गल्ली,गल्छेडाहरु यस वर्ष रित्ता र उराठ जस्ता देखिन्छन्  । माइकमा प्रचार सामाग्री र गीत घन्काउँदै सहर बजार र गाउँ गाउँमा गाडीहरु पुग्दा मतदाताहरुमा पनि एक किसिमको रौनक छाउथ्यो । 
तर, यस पटक हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा अघिल्ला निर्वाचन जस्तो तडकभडक र कोलाहल छैन । पाँच महिनाअघि सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको चुनावी तडकभडक नदेखिँदा मतदाता चुनावको पत्तो हराए जस्तै भएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कडाइपछि दलहरूको चुनावी प्रचारशैली फेरिएको छ । गाउँ वस्तीमा मात्रै होइन शहर बजारमा समेत कतै पनि पोस्टर, पम्प्लेट, तुल, ब्यानर टाँगिएको छैन । 

यहाँका उम्मेदवारहरु र कुनै पनि राजनीतिक दलहरुले  खुला चुनावी कार्यक्रम गरेका छैनन् । उनीहरु आन्तरिक व्यवस्थापनमा नै व्यस्त छन् । कसरी चुनावका लागि आर्थिक स्रोत जुटाउने, कार्यकर्ता परिचालन गर्ने जस्ता रणनीति तयार पार्न कोठे बैठक, भेला र छलफल जस्ता काममा यहाँका राजनीतिक दल र उम्मेदवारहरुले समय खचिएका छन् ।
 पछिल्लो समय यहाँका राजनीतिक दल र उम्मेदवारहरुमा एक भिन्नै किसिमको मनोविज्ञान विकसित भएको पाइएको छ । उनीहरु प्रत्येक मतदाताकोमा पुगेर भोट मागि रहेका छन् । 

निर्वाचन आयोगले चुनाव प्रचारप्रसारको समयावधि १५ दिनमा सीमित गरिदिएपछि चुनावी माहोल सुनसान देखिए पनि दल र उम्मेदवार भित्रभित्र चुनावी अभियानमा जुटेका छन । नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा क बाट उम्मेदवार बनेको भीम प्रकाश शर्माविभिन्न वस्तीहरुमा घरदैलोमा पुगेर मतदाता रिझाउँदै छन् ।

 उनी कार्यकर्ता भेटघाट, स्थानीय चुनाव प्रचारप्रसार समिति गठन, परिचालन गर्ने, मतदाताको घरदैलोमा पुग्ने, आशीर्वाद लिने र मतदाताको आकांक्षा बुझ्न घरदैलोमा व्यक्त भएका हु

प्रतिक्रिया

सम्बन्धित खवर

Top