होमपेज / राजनीति
असोज २९,सल्यान
निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीतिक दल मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका छन्।मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनको तयारी चरणमा राजनीतिक दलले घरदैलो कार्यक्रम सुरु गरेका हुन्। निर्वाचन आयोगले चुनाव चिह्न दिएपछि राजनीक दलले चुनाव केन्द्रित प्रचारप्रसार तीव्र बनाएका छन्। त्यहीक्रममा राजनीतिक दलले घरदैलो कार्यक्रम गरेका हुन्।
उम्मेदवारले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन्। धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन्। दिउँसो पार्टीका आन्तरिक कार्यक्रमको कार्यतालिका बनाएका उम्मेदवारले साँझ र बिहानको समयमा घरदैलो गरेका छन्। घरदैलो कार्यक्रमकै बिच शनिबार गबन्धनका उम्मेदवारहरुले शारदा नगरपालिका १२ मा घरदैलो गरेको छ ।
नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उम्मेदवार घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन्। उम्मेदवाहरुले देशको राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गर्दै गठबन्धन गर्नु परेको बताउँदै गठबन्धन दलका उम्मेदवारलाई मत दिएर विजयी गराउन अपिल गरेका छन् ।
सबैजसो टोलमा गठबन्धन दलका उम्मेदवार भएकाले चुनावले चहलपहल बढाएको छ। घरदैलोका क्रममा उम्मेदवारले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन्। उनीहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिबद्धता जनाएका छन्।
प्रमुख प्रतिपक्षी दल एमाले लगायतका अन्य राजनीतिक दलहरुले पनि आन्तरिक पार्टीका गतिविधिलाई अघि बढाई रहेका छन् ।





.jpg)