ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा गठबन्धनका प्रकाश ज्वाला विरुद्ध कांग्रेसका शाहको उम्मेदवारी कायमै

  सल्यान खबर डेस्क २०७९ आश्विन २६ गते बुधबार १७:०७:४३ मा प्रकाशित

असोज २६,सल्यान 

सत्ता गठबन्धनका उम्मेदवार प्रकाश ज्वालाका विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहको उम्मेदवारी कायमै रहेको छ । उम्मेदवारको मनोनयन फिर्ता लिने समयसम्म  मनोनयन फिर्ता नलिएपछि शाहको उम्मेदवारी कायमै भएको हो । 

एक मात्र प्रतिनिधि सभा रहेको सल्यानमा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) को भाग परेको थियो । जिल्लामा नेपाली कांग्रेस ठुलो पार्टी भएपनि सल्यान कांग्रेसलाई अन्याय भएको भन्दै शाहले ज्वाला विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएको हो । २०५४ यता नेपाली कांग्रेसले संसदीय नेतृत्व लिन सकेको छैन । 

प्रदेश सभा सदस्य (क) मा गठबन्धनका भीम प्रकाश शर्मा विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका नेपाली कांग्रेसका एकराज डाँगी र डिल्ली बहादुर बुढाथोकीले भने उम्मेदवारी फिर्ता लिनु भएको छ । गठबन्धनबाट प्रदेश सभा (क) नेकपा माओवादी केन्द्रलाई भाग परेको छ । माओवादीबाट भीम प्रकाश शर्माको उम्मेदवारी परेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top