होमपेज / राजनीति
असोज २३,सल्यान
सत्ता गठबन्धन रहेको नेपाली कांग्रेसको एक समूहले प्रतिनिधि सभा र प्रदेश सभामा स्वतन्त्र उम्मेदवारी दिएको छ ।
पुर्व शिक्षा राज्यमन्त्री तथा कांग्रेस नेता राजेन्द्र बहादुर शाहले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दिएका छन । उनको टिमबाट प्रदेश सभा (क) मा कांग्रेस कर्णाली प्रदेश सहमहामन्त्री एकराज डाँगीले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । शाह २०५४ को चुनावपछि शिक्षा राज्यमन्त्री भएका थिए । सल्यानमा कांग्रेस ठूलो दल भएपनि अन्य दललाई प्रतिनिधि सभा सदस्य दिएको भन्दै कांग्रेसको एक समूहले स्वतन्त्र उम्मेदवारी दिएको हो ।
सल्यानमा सत्ता गठबन्धनबाट प्रतिनिधि सभामा एकीकृत समाजवादीका प्रकाश ज्वाला, प्रदेश सभा (क) मा माओवादीका भिम प्रकाश शर्मा र प्रदेश सभा (ख) मा कांग्रेसका सुरेश अधिकारीले उम्मेदवारी दिएका छन् ।





.jpg)