होमपेज / राजनीति
असोज २३,सल्यान
एक प्रतिनिधि सभा र दुइ प्रदेश सभा रहेको सल्यानमा सत्ता गठबन्धनका तीन दल र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएका छन् ।
गठबन्धनका तर्फबाट प्रतिनिधि सभामा एकीकृत समाजवादी, प्रदेश सभा (क) मा नेकपा माओवादी र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसको भाग परेको छ ।
प्रतिनिधि सभामा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला उम्मेदवार बनेका छन् । त्यस्तै प्रदेश सभा (क) मा नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा र प्रदेश सभा सदस्य (ख) मा सुरेश अधिकारी उम्मेदवार बन्ने भएका छन् ।
एमालेबाट प्रतिनिधि सभामा राजेन्द्र बिर राय उम्मेदवार हुने भएका छन् । उनि हालै मात्र राप्रपा नेपाल छोडेर एमालेमा प्रवेश गरेका हुन् ।
त्यस्तै प्रदेश सभा (क) मा कुल बहादुर गिरी र प्रदेश सभा (ख) मा गुलावजंग शाहको नाम टुंगिएको छ । शाह २०७४ को निर्वाचनमा प्रदेश सभा (क बाट निर्वाचित भएका हुन् ।





.jpg)