होमपेज / राजनीति
भदौ २६,सल्यान
नेपाल राष्ट्रिय कर्मचारी महासंघ सल्यानको अध्यक्षमा भूपेन्द्र कुमार वली निर्वाचित हुनु भएको छ । शनिवार सल्यान श्रीनगरमा सम्पन्न भएको चौथो अधिवेशनले वली अध्यक्षतामा ११ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा टेक बहादुर खड्का, टंक खत्री, गणेश बुढामगगर, सचिव विज्ञान महतारा, सहसचिव विपिन पुन, कोषाध्यक्ष टुल्की कुमारी बुढा मगर रहनु भएको छ । यस्तै सदस्यहरुमा कुमार वली, ममता देवकोटा, प्रतिभा बुढामर र गंगालाल वली रहनु भएको छ ।
यस्तै नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को पनि पाँचौं जिल्ला अधिवशेन शनिवार सम्पन्न भएको छ । अधिवेशनले जीत बहादुर खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
जसको उपाध्यक्षमा लिला बहादुर थापा, सचिव ओपेन्द्र सार्की, सह सचिव सरिता केसी, कोषाध्यक्ष घमण्ड वली रहनु भएको छ ।
यस्तै सदस्यहरुमा केशव साउद, चन्द्र बहादुर केसी, जीवन पुन, रत्न मल्ल, टेक बहादुर वि.क, डम्बर बहादुर कंवर, भेष बहादुर वली, टेक बहादुर बस्नेत, दुर्गा बोहरा रहनु भएको छ ।
शनिवार नै राष्ट्रिय प्रगतिशित स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवशेन सम्पन्न भएको छ ।
अधिवशेनले बालकृष्ण गिरीको अध्यक्षतामा ११ सदस्सीय जिल्ला कार्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा भुवन वली, अन्जना राना, सचिव यज्ञ बहादुर खड्का, सह सचिव डिल बहादुर सुनार, कोषाध्यक्ष ललिता रोका रहनु भएको छ ।
सदस्यहरुमा निर्मला वली, प्रतिभा बुढा, चुडामणी बस्नेत, आकाश चन्द र विर बहादुर वली रहनु भएको छ ।
तीन वटै संगठनको अधिवेशनको सयुक्त उद्घाटन गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सचिव शेर बहादुर खड्काले संघीय निजामती ऐन नआउँदा कर्मचारीहरु अन्यायमा परेको बताउनु भयो । आज आउँछ भोली आउँछ भन्दै भुलाउने मात्र काम भइरहेको उहाँको भनाई छ । संघीयता कार्यन्वयन गर्न कर्मचारी समायोजन बैज्ञानिक नभएपनि कार्यन्वयन गरेको उहाँको भनाई छ । संघ, प्रदेश र स्थानीय तहका कमर्चारी बिच मनमुनाव र सानो ठूलोको खाडल कर्मचारी समायोजनले निम्त्याएको बताउँदै अहिले कर्मचारी समायोजना पूर्ण रुपमा खारेज गरिनु पर्ने खड्काको दावी छ ।
यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले कर्मचारीहरु हरेक परिवर्तनमा सहभागि भएकाले परिवर्तनमा सहभागि हुँदा लगाइएका मुद्धाहरु राज्यले पुरा गर्नु पर्ने बताउनु भयो । पछिल्लो चरणमा स्वतन्त्रको लहर आउनमा माओवादीको ठूलो हात रहेको बस्नेतको दावी रहेको छ । माओवादीले सशस्त्र युद्ध नगरेको भए यसरी स्वतन्त्रको लहर आउन नसक्ने उहाँले बताउनु भयो ।





.jpg)