होमपेज / राजनीति
भदौ २५,सल्यान
स्थानिय तहको चुनावमा उम्मेदवारी दिएका सल्यानका अधिकांश उम्मेदवारले खर्च विवरण नबुझाएको पाइएको छ । जिल्लाका दश स्थानिय तह र ८३ वटा वडाहरूमा गत वैशाखमा सम्पन्न चुनावमा उम्मेदवारी दिएका उम्मेदवारहरूले जिल्ला निर्वाचन कार्यालयमा अझै खर्च विवरण नबुझाएका हुन ।
जिल्ला निर्वाचन कार्यालय सल्यानका अनुसार निर्धारित समय भित्र २ सय २१ जनाले मात्र खर्च विवरण बुझाएका छन् भने १ सय ५६ जनाले विलम्ब गरी खर्च विवरण बुझाएका छन् । स्थानीय तह निर्वाचनमा १ हजार ४ सय ८० उम्मेदवार भएपनि १ हजार १ सय ३ जनाले अझै खर्च विवरण बुझाउन बाँकी रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी तेजेन्द्र कुमार चन्दले जानकारी दिनु भयो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (४) बमोजिम सफाइ सहितको स्पष्टीकरण ७ दिनभित्र पेस गर्न आग्रह गरिएको उहाँको भनाई छ ।
नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिमा उम्मेदवारी दिई निर्वाचनको खर्च विवरण नबुझाउने र कानुनले तोकेको समयावधि समाप्त भई सके पनि वास्ता नगर्ने उम्मेदवारलाई मौका स्वरूप एक साताभित्र सफाइ पेस गर्न आग्रह गरिएको कार्यालयले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा ९१० र पालिका चुनाव ऐन, २०७३ को दफा ६४ को उपदफा ९४० मा चुनाव खर्चको विवरण सम्बन्धित दल, उम्मेदवार वा तिनका प्रतिनिधिले चुनाव परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको ढाँचामा खर्चको बिल भपाइसहित निर्वाचन कार्यालय समक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।





.jpg)