ट्रेण्डिङ

होमपेज / राजनीति

नेकपा माओवादी सल्यानमा प्रतिनिधि सभामा दुई र प्रदेशमा (क) मा शर्मा र (ख)मा केसीको एकल सिफारिस

  सल्यान खबर डेस्क २०७९ भाद्र २३ गते बिहीबार ११:१४:५९ मा प्रकाशित

भदौ २३,सल्यान
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सल्यानले प्रतिनिधि सभा सदस्यका लागि दुई जनाको नाम सिफारिस गरेको छ । माओवादीको जिल्ला समन्वय समिति सल्यानको चौथो पूणै बैठकले प्रतिनिधि सभाका लागि टेक बहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस गरेको हो । 

बस्नेत तीन पटक निर्वाचित भइ सक्नु भएको छ भने एक पटक सामान्य प्रशासन मन्त्री समेत भइसक्नु भएको छ बस्नेत २०६४,२०७०, र २०७४ मा निर्वाचित हुनु भएको थियो  । यस्तै मल्ल प्रचण्डका स्वकीय सचिव रहदै आउनु भएको छ । विद्यार्थी आन्दोलनबाट राजनीति सुरु गर्नु भएका मल्ल अखिल क्रान्तिकारीको पूर्व केन्द्रीय अध्यक्ष समेत भइसक्नु भएको छ । 

यस्तै बैठकले प्रदेश सभा सदस्य पदका लागि प्रदेश सभा (क) मा भीम प्रकाश शर्मा र प्रदेश सभा (ख) मा चित्र बहादुर  केसीलाई एकल सिफारिस गरेको जिल्ला समन्वय समिति सल्यानका सचिव निम बहादुर केसीले जानकारी दिनु भयो । जिल्लाका १० वटै पालिकाको सुझाव अनुसार निर्णय गरिएको उहाँको भनाई छ । 

 शर्मा सल्यानका कम्युनिस्ट पार्टी निर्माणका संस्थापक सदस्य हुनु हुन्छ । पत्रकारिताको समेत अनुभव संगाल्नु भएका शर्मा निरन्तर पार्टी सञ्चालनमा लागि रहनु भएको छ । 


यस्तै बैठ्कले प्रतिनिधि सभाका लागि समानुपातिकमा कमल वि.क, दिलमाया बुढामगर गिरी, र रत्न बहादुर वलीलाई सिफारिस गरेको छ । 
प्रदेश सभा क को समानुपातिकमा कल्पना पुन, टिका बुढाथोकी, तिलक कुमार वि.क र धर्मे बुढाथोकी, प्रदेश सभा ख मा नविनसिहं भडेल, मञ्जु यरी, राधा शर्मा घर्ती, रुद्र बहादुर घर्ती र लक्ष्मी बोहराको नाम सिफारिस गरेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top