ट्रेण्डिङ

होमपेज / राजनीति

गुलाबजङ्ग शाह पुनः सल्यान प्रदेश सभा (ख ) मा सिफारिस,

  सल्यान खबर डेस्क २०७९ भाद्र १८ गते शनिबार २१:२१:२० मा प्रकाशित

नेकपा एमालेका प्रदेश सह–इञ्चार्ज गुलाबजङ्ग शाह पुनः प्रदेश सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवारमा सिफारिस भएका छन् ।                                                        शाह प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभाका लागि उम्मेदवार सिफारिस भएका हुन् । यद्यपि शाहले यो पटक भने क्षेत्र बदलेका छन् । ०७४ मा उनी (क) बाट चुनाव लडेका थिए ।  शाह १९ हजार ६५८ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत पाएका थिए ।                                   यो पटक शाहले आफ्नो निर्वाचन क्षेत्र भन्दा बाहिर गएर चुनाव लड्दै छन् । सल्यानमा एमाले विभाजनको असर परेको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top