ट्रेण्डिङ

होमपेज / राजनीति

राप्रपा सल्यानले गर्‍यो प्रतिनिधि र प्रदेश सभा सदस्यको नाम सिफारिस

  सल्यान खबर डेस्क २०७९ भाद्र १२ गते आइतबार १२:१३:०१ मा प्रकाशित

भदौ १२,सल्यान 

राष्ट्रिय प्रजातन्त्र पार्टी सल्यानले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरेको छ । शनिवार सल्यान खलङ्गामा बसेको पार्टीको बैठकले प्रतिनिधि र प्रदेश सभाको उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

बैठकले प्रतिनिधि सभाका लागि पार्टी अध्यक्ष नेत्र लाल श्रेष्ठ र सन्तोष कुमार राइलाई सिफारिस गरेको छ । यस्तै  प्रदेश (क) को प्रदेश सदस्यको पदको लागि शिव बहादुर वली , अम्बर बहादुर गिरी र गङ्गा रावत तथा प्रदेश (ख) को प्रदेश सदस्यको उम्मेदवारको लागि अनुपम सिङ श्रेष्ठ , इन्द्रा भण्डारी श्रेष्ठ र गणेश भण्डारीलाई सिफारिस गरेको छ ।

 समानुपातिक तर्फको प्रतिनिधि सभा  सदस्यको लागि अनन्त प्रसाद उपाध्याय र वीरेन्द्र कुमार भडेल र प्रदेश (क) को लागि अनिशा बस्याल , हरि कृष्ण चन्द , रेसम बिएम , टोप बहादुर केसी , निर्मला योगी , प्रदेश ( ख)को लागि शिला बुढाथोकी , कालिका योगी , प्रदीप थापा , सञ्जय कुमार सिंह र चन्द्रकला बिक लाई सिफारिस गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top