होमपेज / राजनीति
साउन २६, सल्यान ।
नेकपा माओवादीका स्थायी समिति सदस्य काली बहादुर मल्लले प्रतिगमनको खतरा नटरेकोले गठबन्धन आवश्यक रहेको बताउनु भएको छ।
केपी बाहेकको बाम गठबन्धन सुनिश्चित भन्दै उहाँले दोस्रोमा काग्रेससँग गठबन्धन हुने बताउनु भयो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर्विरोधका कारण यो बेला मिलेर जानुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले सङ्घीय र प्रदेश सभाको निर्वाचनमा अग्रगमनकारी शक्तिको जित हासिल गर्न पनि गठबन्धन अत्यावश्यक भएको दाबी गर्नु भयो ।
बिहीबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति सल्यानको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता मल्लले स्थानीय तहका अन्तर्विरोध र समस्याका कारण गएको निर्वाचनमा सोचेजस्तो नभए पनि अबका दिनमा परिवर्तन बचाउनका लागि गठबन्धन आवश्यक रहेको बताउनु भयो ।
माओवादी पार्टी सानो नभएको भन्दै उहाँले फुटेर गएकाहरू पनि जोडिनेक्रममा भएकाले जनयुद्धका उपलब्धि संस्थागत गर्न र अगाडि बढ्न प्रचण्डको नेतृत्व अझै आवश्यक भएको दाबी गर्नु भयो।
उहँले कार्यकर्तालाई मतदाताको अवस्था, जन वर्गीय सङ्गठन र मोर्चाका कार्यक्रम व्यापक बनाउनुपर्ने भन्दै चुनाव कसरी जित्ने त्यो मुद्दामा केन्द्रित हुन आग्रह गर्नु भयो ।
अन्तर्विरोधको हल नगर्दा कर्णालीका जित् सकिने पालिकाहरूमा हार्नुपरेकोले अबका सबै अन्तर्विरोध हल गरेर जानुपर्ने र निर्वाचनमा जानुको विकल्प नरहेको बताउनु भयो ।





.jpg)