होमपेज / राजनीति
असार ३१,सल्यान । दार्मा गाउपालिका सल्यानले महान जनयुद्धको क्रममा राज्य र बिद्रोही पक्ष बाट सहादत प्राप्त गरेका सहिद परिवारजनलाई आज एक कार्यक्रमका बिच सम्मान गरेको छ।
दार्मा गाउपालिका सल्यानको सहिद स्मृति सभा हलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै दार्मा गाउपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि निम बहादुर के सी( अरुण) ले नेपालमा जति पनि परिवर्तन भएको छ ती सबै परिवर्तनको बाहक सहिदहरु भएको र दार्मा गा .पा ले सहिदहरुको उच्च सम्मान गर्ने र गरिरहेको बताउनु भयो , तत्काल सहिद परिवार समाजलाई सहिद स्मृति प्रतिष्ठान गठन गरेर अगाडि बढ्न पनि सल्लाह दिनु भयो र यसमा गाउँ पालिकाको पुर्ण सहयोग रहने जानकारी गराउनु भयो।
कार्यक्रममा बोल्दै ने.क.पा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा दार्मा गाउपालिका इन्चार्ज अनन्त प्रसाद गौतम ले सिंहदरबारको अधिकार गाउँगाउँमा ल्याइ जनतालाई स्थानिय सरकारको अनुभुती गराउनमा महान सहिदको महत्त्वपूर्ण भुमिका भएकोले हामी सबैले सहिद र सहिद परिवारको उच्च सम्मान गर्नु पर्ने बताउनु भयो ।
सहिद परिवारलाई सम्मान सहित २५ घर परिवार लाई एक एक थान सिलिन्डर / चुलोसेट पनि प्रदान गरिएको छ ।
जनक्रान्तिका महान सहिद परिवार दार्माको समन्वय साथै दार्मा गाउपालिका सल्यानको आयोजना भएको सम्मान सम्मान कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि स्थानीय ,तथा जनप्रतिनिधि कर्मचारी र पत्रकार लगायतको उपस्थिति रहेको थियो ।सहिद परिवारका जेष्ठ नागरिक टेक बहादुर बुढाथोकी को अध्यक्षता रहेको कार्यक्रमको स्वागत मन्तव्यमा दार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम ओलिको रहेको थियो भने सञ्चालन अनिल चन्दले गर्नु भएको थियो।





.jpg)