ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानको शारदा नगरपालिकाका १ सय १४ कर्मचारी कटौती

  सल्यान खबर डेस्क २०७९ असार २९ गते बुधबार १८:३९:२० मा प्रकाशित

असार २९,सल्यान 
सल्यानको शारदा नगरपालिकाले १ सय १४ जना करार कर्मचारी कटौती गर्ने भएको छ । आर्थिक स्रोत नभएको र आर्थिक मितव्ययीता अपनाउँने भन्दै १ सय १४ कर्मचारीको म्याद थप नगर्ने  भएको हो । 

बुधवार बसेको नगर कार्यपालिकाको बैठ्कले करार कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको हो । उनीहरुको २०७९ साउन १ गतेदेखि लागुहुने गरी सम्झौता थप नगर्ने निर्णय कार्यपालिका बैठ्कले गरेको हो । 

म्याद थप नगरिनेमा १ सय ४ जना सडक मर्मत सम्भार कर्ता र १० जना सामाजिक परिचालक रहेका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top