ट्रेण्डिङ

होमपेज / राजनीति

जिल्ला समन्वय समिति सल्यानको प्रमुखको पदमा चार जनाको उम्मेदवारी

  सल्यान खबर डेस्क २०७९ जेठ २५ गते बुधबार १८:४८:११ मा प्रकाशित

जेठ २५,सल्यान 
जिल्ला समन्वय समिति सल्यानको प्रमुखको पदका लागि चार जनाको उम्मेदवारी परेको छ । मनोनयनको अन्तिम दिन प्रमुखमा चार र उपप्रमुखमा २ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ  । 

कार्यालयका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसबाट मान बहादुर ओली र बेलाराम रावलको उम्मेदवारी परेको छ भने नेकपा एमालोट नारायणी खत्री र नेकपा एकीकृत समाजवादीको तर्फबाट लोक बहादुर डाँगीको उम्मेदवारी परेको छ । 
यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट असविर बुढाथोकी र नेकपा एमालेबाट बेल बहदुर चन्दको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राम कुमार खत्रीले जानकारी दिनु भयो  । 

सत्ता साझेदार दल नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गर्ने सहमति गरेपनि मनोनयनका दिन भने छुट्टा छुट्टै उम्मेदवारी दर्ता गराएका छन् । 
१० पालिका रहेको सल्यानमा नेपाली कांग्रेसको ८, माओवादीको ६, एमालेको ५ र एकीकृतत समाजवादीको १ अंक भार रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top