ट्रेण्डिङ

होमपेज / राजनीति

सल्यानमा कांग्रेस, एमाले माओवादीको पनि जमानत जफत

  सल्यान खबर डेस्क २०७९ जेठ १६ गते सोमबार १४:३३:४० मा प्रकाशित

जेठ १६,सल्यान 

स्थानीय तह निर्वाचन २०७९ मा सल्यानमा प्रमुख दल कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादीका कतिपय उम्मेदवारको जमानत जफत भएको छ । जिल्लाको १० पालिकामा . २० पदका लागि ४६ र ८३ वडामा ४१५ पदका लागि १ हजार ४ सय ३४ मध्ये २ सय ६६  जनाको जमानत जफत भएको हो । जिल्लामा १ हजार ४ सय ४८ जनाले उम्मेदवारी दिएका थिए । 

कुल सदर मतको १० प्रतिशत मत प्राप्त नहुने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनता समाजवादी पार्टी, लगायत अन्य केही दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको वडा तहका उम्मेदवारको पनि जमानत जफत भएको छ । 

कार्यालयका अनुसार कपुरकोट गाउँपालिकामा ५, कालिमाटी गाउँपालिकामा १५, कुमाख गाउँपालिकामा ३३, छत्रेश्वरी गाउँपालिकामा ६१, त्रिवेणी गाउँपालिकामा १९ जनाको जमानत जफत भएको छ । यस्तै दार्मा गाउँपालिकामा २९, बनगाड कुपिण्डे नगरपालिकामा ४२, बागचौर नगरपालिकामा ३४ र शारदा नगरपालिकामा २८ जना उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सल्यानका सूचना अधिकारी तेजेन्द्र चन्दले जानकारी दिनु भयो । सिद्ध कुमाख गाउँपालिकामा भने कुनै पनि उम्मेदवारको जमानत जफत नभएको उनको भनाई छ । 

कार्यालयका अनुसार पालिका प्रमुख, अध्यक्षमा ४६, उपप्रमुख , उपाध्यक्षमा ४१, वडा अध्यक्षमा ३११, खुला सदस्यमा ५५६ जनाको उम्मेदवारी परेको थियो । यस्तै दलित महिला सदस्यमा २५३, महिला सदस्यमा २६७ गरी जम्मा महिला ५७७ र पुरुष ९०३ गरी १४८० जनाले उम्मेदवारी दिएको चन्दले बताउनु भयो । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top