होमपेज / राजनीति
शङ्कर बि क तिवारी १५ ज्येष्ठ, सल्यान ।
सल्यानको शारदा नगरपालिकाले आज एक कार्यक्रमका बिच १५ औ गणतन्त्र दिवस मनाउँदै पूर्व जनप्रतिनिधि सँगै बिभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ ।
नगरपालिकाद्वारा आयोजित कार्यक्रममा निवर्तमान नगर प्रमुख सुरेश अधिकारी , उप प्रमुख साबित्रा बस्नेत,१५ वडाका अध्यक्ष ,कार्यपालिका सदस्य, वडा सदस्यका साथै नव निर्वाचित उप प्रमुख सुस्मिता सापकोटा सुनार लगायतका जनप्रतिनिधिहरू, कर्मचारी, लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
नगर प्रमुख प्रकाश भण्डारीको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व शिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाह रहेका थिए ।
कार्यक्रम स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत लिला धर बबालले राखेका थिए ।
कार्यक्रममा बोल्दै निवर्तमान नगर प्रमुख सुरेश अधिकारीले पूर्व जनप्रतिनिधिका अनुभव र सहयोग लिएर नव निर्वाचित जनप्रतिनिधिले काम गर्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा पूर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहले हजारौँ सहिदको त्याग तपस्या बाट प्राप्त गणतन्त्रलाई अन्तिम विकल्पका रुपमा लिनु पर्ने र निर्वाचित जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नु पर्ने बताए ।
कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख प्रकाश भण्डारीले गणतन्त्रको संस्थागत गर्दै आफूहरूले जनताको अहित हुने कुनै प्रकारको काम नगरी, राजनीतिक पूर्वाग्रह नराखी समान डङ्गको व्यवहार र काम गर्ने बताए ।
कार्यक्रममा नगरका पूर्व जनप्रतिनिधिहरुलाइ कदर पत्र सहित सम्मान र बिदाइ गरिएको छ, त्यस्तै विभिन्न क्षेत्रमा संलग्न व्यक्तिहरूलाई नगरपालिकाले जनही नगद ३ हजार सहित कदर पत्र प्रदान गरी सम्मान गरेको छ । सम्मानित हुनेहरूमा नगरपालिकाका कर्मचारी पुनम राना, गोपाल बिस्ट, प्रजातन्त्र र समाजसेवामा योगदान गरेका ज्योति थापा,बिजुली प्रसाद सेजवाल तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएका वीर बहादुर सेजवाल रहेका छन् ।
नगरपालिकाको प्राङ्गणमा सयौँको उपस्थितिमा सम्पन्न कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र हमालले गरेका थिए





.jpg)