ट्रेण्डिङ

होमपेज / राजनीति

पदभार ग्रहणसँगै यस्ता छन् बागचौर नगरपालिकाका मेयर र उपमेयरको पहिलो प्रतिवद्धता

  सल्यान खबर डेस्क २०७९ जेठ १० गते मंगलबार १४:४१:५७ मा प्रकाशित

जेठ १०,सल्यान 
सल्यानको बागचौर नगरपालिकाका नव निर्वाचित प्रमुख र उपप्रमुखले पदभार ग्रहण गरेका छन् । मंगलबार नगरपालिकाको कार्यालयमा पुगेर दुवैले पदभार ग्रहण गरेका हुन ।

 प्रमुखमा निर्वाचित जनकराज गौतमले तत्काल नगरपालिकाको आफ्नै भवनमा आवश्यक प्रक्रिया पुरा गरी कार्यालय स्थानान्तरण गर्ने, नगर भित्रका गर्भवति महिलालाई प्रसुती जटिलता भई प्रसुती केन्द्रबाट रिफर भए अनुसार सल्यान जिल्ला अस्पतालसम्म जानु पर्ने भएमा निःशुल्क एम्बुलेन्स वा निःशुल्क यातायात सुविधा प्रदान गर्ने निर्णय गरेका छन् । 

यस्तै उपमेयर सुम्निमा डिसी वलीले  बागचौर नगरपालिकाबाट हाल लिइरहेको शुल्क, कर दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गर्ने र सरकारी विद्यालय (१ देखि १०) मा भर्ना शुल्क वापत शुल्क नलिने व्यवस्था गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेकी छन् । 
नव निर्वाचित नगरप्रमुख गौतम नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन भने उपप्रमुख डिसी वली माओवादी केन्द्रबाट निर्वाचित भएकी हुन । 


 

प्रतिक्रिया

सम्बन्धित खवर

Top